प्रतिश्पर्धा जनतामुखि राज्य संचालनका लागि हुनुपर्छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

प्रतिश्पर्धा जनतामुखि राज्य संचालनका लागि हुनुपर्छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले, राज्य सञ्चालनको लागि प्रतिष्पर्धामा श्रेष्ठता हासिल गर्नु पर्ने बताएका छन् ।

शुक्रबार काठमाडौं नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा उनले देश र जनताको हितमा काम गर्न आफैले आफैलाई तयार पार्नु पर्ने बताए ।

‘प्रतिस्पर्धाको राजनीतिमा हामी छौं । यो राज्य सञ्चालनको योग्यता प्राप्त गर्नको लागि पनि प्रतिष्पर्धामा श्रेष्ठता हासिल गर्नुपर्छ । प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न सकिएन भने राज्य सञ्चालनमा देश र जनताको हितमा काम गर्ने कुराहरु पुरा हुन सक्दैन । ’

उनले आउने दोस्रो अधिवेशन सम्म नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको सदस्य कमसेकम ५० हजार पुर्याउने उद्देश्यका साथ काम गर्नु पर्ने बताएका छन् ।

उनले आफुहरु सबै भौगोलिक क्षेत्रको कामसंग सम्बन्धित भएर काम गर्नु पर्ने आवश्यकता औल्याए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्