काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारलाई, गरिबको दशैँ यसपालि कसरी टर्छ भन्दै प्रश्न गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले दशैँको पेस्कीमा महङ्गी आएकाले दशैँ सम्झेर जनता मुर्छा पर्छ भने, सरकार गरिबको दशैँ यसपालि कसरी टर्छ प्रश्न गरेका हुन् ।
‘चामलको बोराले नाघ्यो तीन हजार रहर दाल किलोको दुई सय पचास बजार भाउ सुन्दा होस गुम्छ । तर सरकारले भाउ नै नसोध भने झैँ गर्छ ।
गोलभेँडाले के किन्लास् र भनेर आँखा तर्छ ।’ उनले भने ‘दशैको पेस्कीमा महङ्गी आयो, सरकारका घर उज्यालो होलान् नहुँनेको घरमा अहिले नै अध्यारो छायो आउन लागेको दशै सम्झेर जनता मुर्छा पर्छ भन् सरकार गरिबको दशै यसपालि कसरी टर्छ जवाफ देऊ सरकार ।’