बागमती प्रदेशको प्रदेशसभा बैठक बस्दै

हेटौँडा । बागमती प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्दै छ ।

प्रतिपक्षी एमालेले विरोध जनाएपछि १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः बस्न नसकेपछि आजका लागि बोलाइएको हो ।
प्रदेश सरकारले ल्याएको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने क्रममा प्रमुख प्रतिपक्ष दल एमालेले अवरोध गरेको थियो ।

सो विधेयक गत वैशाख १२ गते संसदबाट पारित भइ प्रदेश प्रमुख कार्यालयमा गएको थियो ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रमाणीकरणका लागि पेश भएको विधेयकमा भएका त्रुटिहरू सच्याउन सुझावसहित पुनः छलफलका लागि विधेयक संसदमा फिर्ता पठाएका थिए ।

तर, सोही फिर्ता भएको विधेयक सरकारले सोमबारको बैठकमा पेश गर्न खोजेपछि बैठक स्थगित भएको हो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्