राजा र राजसंस्था स्थापनाका लागि काठमाडौँमा जनप्रर्दशन हुने

राजा र राजसंस्था स्थापनाका लागि काठमाडौँमा जनप्रर्दशन हुने

काठमाडौं । शाही युवा शक्ति नेपालले, राजा र राजसंस्था स्थापनाका लागि जनप्रर्दशन गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै, आगामी असोज २० गते रत्नपार्कदेखि नारायणहिटीसम्म विशाल प्रदर्शन गर्ने घोषणा गरेको हो ।

उक्त प्रदर्शनमा स्वतस्फूर्त अनिवार्य सहभागी भइदिन आम जनतासँग अपील गरिएको छ ।
शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले जनता अब राजाको पक्षमा खुल्न थालेको बताए । राजा ल्याएरै छाड्ने जनताको अठोट रहेको उनको भनाई छ ।

राजसंस्था चाहियो भनेर एक लाखमात्रै जनता सडकमा आउने हो भने ज्ञानेन्द्रलाई पुन राजा बनाउन सकिने उनको दाबी छ । विदेशीको इसारामा गणतन्त्रवादीहरुले राजसंस्था फालेको आरोप उनले लगाए।

‘रामकुमारी झाँक्री मन्त्री पद छोड्दा क्वाँक्वाँ रोईन् । यिनीहरुलाई पद र पैसा प्यारो छ । यिनीहरुको पछाडि लागेर हामीले गणतन्त्र घिसार्ने काम नगरौं ।’ उनले भने,‘जनतालाई नसोधी चोर बाटोबाट ल्याइएको गणतन्त्र हो । मरेको गणतन्त्र घोषणा गरिएको हो यो । यो गणतन्त्रको सिनो गनाइसक्यो । यो सिनोको चाँडो दाहसंस्कार गर्न आवश्यक छ ।’

उनले नारायणहिटीमा राखिएको श्रीपेच खोस्नु पर्ने समेत बताए  ‘अब आउने २० गते रत्नपार्कमा भेला होउँ । २०औं हजार मान्छे सहभागी होउन भन्ने मेरो अपेक्षा रहेको छ ।

त्यो मास नारायणहिटीमा गएर राजाले छोडेको श्रीपेच खोस्न सक्नुपर्छ ।’ उनले भने, ‘त्यसलाई लिन सक्नुपर्छ । श्रीपेच जनताको अधिकार हो । त्यो जनताको अधिकार प्रयोग गरेर राजालाई गद्दीमा ल्याउन पर्छ ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्