पोखरामा लाइसेन्सको ट्रायल दिँदा र सिक्दा नयाँ सवारी साधन

  • नेपाल अहिले
  • माघ ३, २०८१
पोखरामा लाइसेन्सको ट्रायल दिँदा र सिक्दा नयाँ सवारी साधन

पोखरा । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्की पोखरा देशभरकै व्यस्त एवं निरन्तर ट्रायल हुने र राजस्व सङ्कलन हुने कार्यालयमा पर्दछ ।

पोखरामा ट्रायल दिँदा मोटरसाइकल तथा स्कुटरको ट्रायलका साधन निःशुल्क र कार, जीप, डेलिभरी भ्यान, मिनीबस, मिनी ट्रक, बस, ट्रक, लहरी, ट्याक्टर, पावर टेलर न्यूनतम् मूल्यमा ट्रायल दिने साधन देशभर कै सस्तो र स्तरीय रहेको कार्यालयले जनाएको छ ।

युरो मापदण्डका नयाँ मोडलका गाडी ट्रायलमा राखिएका छन् । पावर स्टेरिङ, एसी, पावर विन्डोज, एबिएस एन्ड ई बिडी सिस्टम, एयर ब्याग, ग्राउन्ड किलियरेन्स, ब्याक सेन्सर लगायतका विशेषता भएका गाडी ट्रायलमा राखिएका छन् ।

सेवाग्राहीकै मागलाई मध्यनजर गर्दै पोखरामा ट्रायल परीक्षाका लागि यस किसिमको सवारीसाधन व्यवस्थापन गरेको बताइन्छ ।

सनराइज ड्राइभिङ्ग स्कुलले ड्याटसन, यमाहा मोटरसाइकल, स्कुटर, मारुती कम्पनीको अल्टो कार र मोटरसाइकलमा हिरो सुपर स्प्लेन्डर, हिरो जुम, डीओ स्कुटर, टिभिएस एनट्रक स्कुटर र रेडियन मोटरसाइक ललगायतका साधनबाट ट्रायल दिन र तिनै साधनबाट सिक्न सकिने व्यवस्था मिलाएको अध्यक्ष वसन्त भट्टचनले बताए ।

सनराइजकोे पोखरामा नयाँबजार, रंगशाला गेट अगाडि, फूलवारी र बिरौटा शाखामा यी सवारी साधन उपलब्ध हुने भट्टचनले जानकारी दिए ।

नयाँ प्रविधि भएका र नयाँ मोडलका सवारी साधन आवश्यक भए पनि हालसम्म पुरानै सवारी साधनले परीक्षा दिनुपर्दा सेवाग्राहीलाई असहज भएको थियो भने धेरै फेल हुने गरेका थिए ।

यिनै समस्यालाई ध्यान दिँदै नयाँ सवारी साधनको व्यवस्था गरिएको भट्टचनले बताए । अत्यन्त कम मूल्यमा ट्रायल दिने व्यवस्था समेत सनराइजले गरेको छ ।

अल्टो के टेन गाडीको टर्निङ्ग क्षमता र वाइड स्पेस पनि यसअघि प्रयोग भएका सवारी साधन भन्दा कम भएका कारण ट्रायलमा थप सहज हुने भएको हो ।

यसअघि वाइड स्पेस १५ सय ६० रहेको सवारी प्रयोग भएको थियो भने अबदेखि १४ सय ९० भएको सवारी प्रयोग हुनेछ ।

यसैगरि टर्निङ्ग रेडियुस पनि अल्टोको कम रहेको सुजुकी शोरुम पोखराका प्रमुख नवराज अधिकारीले जानकारी दिए । जसले गर्दा परीक्षार्थीलाई टनिङ्ग लिन सहज हुने विश्वास छ ।

यसैगरी नयाँ मोडलका मोटरसाइकल प्रयोग भएपछि दुई पाङ्ग्रे सवारीको लाईसेन्स लिन पनि अझ सहज हुने सिजी मोटर्स प्रालि गण्डकी शाखा प्रमुख रञ्जन तिमिल्सिनाले जानकारी दिए ।

© 2025 All Rights Reserved | Nepal Ahile Media