काठमाडौँ । विराटगर रहेका कांग्रेस सभापति शेरबहादुर देउवा डा.शेखर कोइराला बस्दै आएको कोइराला निवास पुगेका छन् । उनी नेता डा.शशांकको साथमा कोइराला निवास पुगेका हुन् ।
प्रथम कोशी सम्मेलनमा भाग लिन विराटनगर पुगेका देउवा कोइराला निवास पुगेका हुन् ।
स्वर्गीय कृष्णप्रसाद कोइरालाले डेढसय वर्ष पहिले बनाएको घरमा पुगेका देउवाले भित्तामा राखिएका तस्विरहरु चाखपूर्वक हेरेका थिए ।
डा.शेखर र उनका दाजु निरञ्जनको संयुक्त भागमा परेको उक्त घरमा डा.शशांक विरलै मात्र पुग्ने गर्छन् ।
पूर्वप्रधानमन्त्रीहरू मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाका पिताजी कृष्णप्रसादको उक्त ऐतिहासिक घरमा लामो समयपछि देउवा पुगेका हुन् ।
बिपी कोइरालाको सान्निध्यमा रहेर राजनीति अघि बढाउने मौका पाएका देउवा २०४६ को राजनीतिक परिवर्तनपछि गिरिजाप्रसाद कोइरालासमेतको साथले राष्ट्रिय राजनीतिमा स्थान सुरक्षित गरेका उनी ०३६ को जनमत संग्रहमा पूर्व-पश्चिमसम्मका सभा-समारोहमा बीपीसँगै खटिएका थिए। तर पछि उनले गिरिजाप्रसादलाई नै चुनौति दिंदै पार्टीमा अलग धार स्थापित गरेका थिए ।