काठमाडौं । दक्षिण अमेरिकी विश्वकपअन्तर्गत भएको खेलमा ब्राजिल र उरुग्वे बराबरीमा रोकिएका छन् ।
गएराति भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो ।
पहिलो हाफ गोलरहीत बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीले १/१ गोल गरे ।
खेलको ५५औँ मिनेटमा उरुग्वेका लागि फेडेरिकोले गोल गर्दै ब्राजिलविरुद्ध टिमलाई अग्रता दिलाए ।
तर, ६२औँ मिनेटमा ब्राजिलका लागि गियरसनले बराबरी गोल फर्काए ।
यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।
यो खेलसँगै १२ खेल खेलेको ब्राजिल १८ अंकका साथ अंकतालिकाको पाँचौँ स्थानमा छ ।