मुसलधारे वर्षाका कारण १३ नदीहरुमा सतर्कता तह पार

  • नेपाल अहिले
  • आश्विन ११, २०८१
मुसलधारे वर्षाका कारण १३ नदीहरुमा सतर्कता तह पार

काठमाडौं । लगातारको मुसलधारे वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कोसी, बबई, मेची, नारायणी, केसलीया लगायतका १३ वटा नदीहरुमा पानीले सतर्कता तह पार गरेको भन्दै चेतावनी जारी गरेको छ ।

विभागले ती नदीहरूको आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै कन्काई नदीको मैनाचुली र कमला नदीको वेलसोत क्षेत्रमासतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढीले खतरा तह पार गरिसकेकाले नदितटिय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन विभागले आहवान गरेको छ ।

© 2024 All Rights Reserved | Nepal Ahile Media