nepal ahile circle final NEW

पोखरा महानगरले करमा छुट दिने गरी ऐन संसोधन गर्दै

पोखरा महानगरले करमा छुट दिने गरी ऐन संसोधन गर्दै

पोखरा । पोखरा महानगरपालिकाले बजेटको मध्यावधि समीक्षा गर्दैँ चालु आर्थिक वर्षको कर नीति परिवतन गर्ने भएको छ । १४ औँ नगरसभाको दोस्रो बैठकमा शुक्रबार आर्थिक ऐन पहिलो संसोधन पेश भएको छ । अघिल्लो वर्ष भन्दा अस्वभाविक रुपमा कर बढेको जनस्तरबाट आलोचना भए पछि महानगरले करमा छुट दिने गरी ऐन संसोधन गर्न लागेको हो ।१४ औँ नगरसभाको पुष २९ गते बसेको पहिलो बैठकले आर्थिक ऐन २०८० संशोधन पेश गर्न वडानम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको थियो । समितिका संयोजक पराजुलीले आर्थिक ऐन संसोधनका लागि सभामा पेश गरेका हुन् ।

संशोधनमा एकिकृत सम्पती कर, घरवाहल कर, व्यवसाय दर्ता र नविकरण शुल्कमा २० देखी १० प्रतिशतसम्म छुट दिने गरी प्रस्ताव गरिएको छ । ऐन पास भए पछि करदाताले एकिकृत सम्पत्ती करमा १५ प्रतिशत र व्यावसाय दर्ता र नविकरणमा १० प्रतिशत छुट पाउने छन् ।

घरवहाल करमा भने वडा कार्यालयले न्युनतम घरवाहल निर्धारण गरे पछि त्यसकै आधारमा टुङ्ग्याउने गरी ऐन संसोधन गरिएको पराजुलीले बताए । पराजुलीका अनुसार आर्थिक ऐनमा पुस मसान्त सम्म अग्रिम कर बुझाउने करदातालाई १० प्रतिशत छुटको व्यवस्थालाई बढाएर पुरै आर्थिक वर्ष (असार मसान्त)सम्मै कर छुट प्रस्ताव गरिएको छ ।

साविक पोखरा उपमहानगर र लेखनाथ नगरपालिकामा करको दर समान निर्धारण गर्ने र साविकका गाविसहरुका हकमा फरक (कम) कर लगाउने गरी प्रस्ताव गरिएको पराजुलीले बताए । यस्तै, समितिले आगामी आर्थिक वर्षका लागि कर नीति निर्धारण गर्दा सम्पत्ती र मालपोतको पुनः मुल्याङकन गरी कर निर्धारण गर्नका लागि सिफारीस समेत गरेको छ ।

आर्थिक ऐन २०८० पुनरावलोकनको टुङ्गो भने नगर सभाको यही‌ माघ २८ गते बस्ने बैठकले लगाउने छ । नगरसभाबाट पास भए पछि फागुन १ गतेबाट नयाँ कर नीति लागू हुने महानगरले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्