nepal ahile circle final NEW

हरेक सम्झौता देशको स्वार्थ र हितमा हुनुपर्छ : पूर्वराजदूत आचार्य

हरेक सम्झौता देशको स्वार्थ र हितमा हुनुपर्छ : पूर्वराजदूत आचार्य

काठमाडौं । चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यले हरेक सम्झौताहरु आफ्नो देशको राष्ट्रिय स्वार्थ र हितमा हुनुपर्ने बताए ।

आइतबार काठमाडौंमा आयोजित प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको विषयमा विज्ञहरुसँग अन्तरक्रिया कार्यक्रममा उनले विआरआईलाई नेपालले कुन प्रयोजनमा सहयोग लिने भन्नेबारे स्पष्ट हुन आवश्यक रहेको बताए ।

‘विआरआरआई हाम्रो हितमा छ भने लिनुपर्छ । चाहे विआरआई होस् वा एमसीसी दुईटालाई झगडा गराउने कारण छैन । विआरआई भर्सेज एमसीसी होइन’ आचार्यले भने, ‘यो इन्डोप्यासिफिक स्ट्राटेजीदेखि लिएर एसपीपी जोडिन्छन् त्यो आवश्यक छैन । हामीले नेपालको सुरक्षा, शान्ति विकास र नेपालको राष्ट्रिय अक्षुण्णता के सुदृढ हुन्छ त्यसरी लिनुपर्छ ।’

नेपालको पहुँच कम हुँदै गएको तर्फलक्षित गर्दै उनले छिमेकी मुलुकमा भएका राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल देखिन छोडेको बताए ।

विगत १० वर्षको अवधिमा चीनसँग नेपालले चार दर्जनभन्दा बढी सम्झौता गरे पनि कार्यान्वयन पक्ष फितलो रहेको भन्दै आचार्यले सम्झौतमात्रै गरेर नहुने, विगतमा भएका सम्झौता कति कार्यान्वयन भए र कुन सम्झौतालाई प्राथमिकता दिने भन्ने कुराको निक्र्यौल गर्नुपर्ने बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्