अनलाइन पहुँचलाई बढाउन ‘वर्डक्याम्प काठमाडौं’ विशेष कार्यक्रम हुने

  • नेपाल अहिले
  • भाद्र १८, २०८०
अनलाइन पहुँचलाई बढाउन ‘वर्डक्याम्प काठमाडौं’ विशेष कार्यक्रम हुने

काठमाडौं । वर्डप्रेस काठमाडौंको आयोजनामा भदौ २२ र २३ गतेका दिन ‘वर्डक्याम्प काठमाडौं २०२३’ दुई दिने विशेष कार्यक्रमको आयोजना गरिने भएको छ ।

वर्डप्रेसलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्नेहरु, वर्डप्रेस विशेषज्ञहरु तथा वर्डप्रेस जान्न उत्सुकहरुलाई काठमाडौंको गैरीधारामा बृहत दुई दिने कार्यशाला आयोजना गरिने भएको हो ।

यो कार्यक्रम मूलतः काठमाडौं वर्डप्रेस समुदायले नेतृत्व लिएर विभिन्न देशमा कार्यरत वर्डप्रेस विशेषज्ञ, कम्पनीहरुबीच सहकार्य, शिक्षा र नेटवर्किङ गर्ने महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको वर्डप्रेस नेपाल कम्युनिटीका संयोजक सुवास खड्काले जानकारी दिए ।

उनले वर्डक्याम्पमा विविध पृष्ठभूमिबाट सहभागीहरू आउने हुँदा यस कार्यक्रममा सामान्य प्रयोगकर्ताहरूदेखि मूल डेभलपरहरूसम्मको समूहले जानकारी र विशेषज्ञता आदान प्रदान गर्ने पनि बताए ।

उनले भने, वर्डप्रेसलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्नेहरु, वर्डप्रेस विशेषज्ञहरु तथा वर्डप्रेस जान्न उत्सुकहरुलाई काठमाडौंको गैरीधारामा बृहत दुई दिने कार्यशाला आयोजना गरिने भएको छ । यो कार्यक्रम मूलतः काठमाडौं वर्डप्रेस समुदायले नेतृत्व लिएर बिभिन्न देशमा कार्यरत वर्डप्रेस विशेषज्ञ, कम्पनीहरु बीच सहकार्य, शिक्षा, र नेटवर्किङ गर्ने महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको छ । जून कुरा वर्डप्रेस तालिकामा समेत रहने अपेक्षा राखिएको छ ।

कार्यक्रमको पहिलो दिन भदौ २२ गतेलाई कन्ट्रिव्यूटर डे को रूपमा तालिममा समावेश गरिने भएको छ । जसमा सहभागीहरु वर्ड प्रेस इको सिस्टममा आफुलाई कसरी स्थापित गर्ने, नयाँ कुरा कसरी सिक्ने र अनुभव साटफेर गर्ने कुरामा व्यस्त हुन्छन ।

सम्मेलनको दोस्रो दिनमा प्रमुख कार्यक्रमका सत्रहरु राखिएका छन जसमा सबै प्राथमिक वा अनुभवी डेभलपरहरुका लागि अनुकूल शैलीका सत्रहरू राखिएका छन् ।

‘वर्डक्याम्प काठमाडौं २०२३’ ले सिक्न र नेटवर्किङका संवादको अवसरसँगै गैर नाफा मुलक संस्थाहरूको निशूल्क वेबसाइट बनाइ दिने कार्यक्रम आयोजना गरिने छ । जसले अनलाइन पहुँचलाई बढाउन सहयोग गर्दछ ।

© 2024 All Rights Reserved | Nepal Ahile Media