काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले, भ्रष्टाचार नियन्त्रण नभएसम्म विकास सम्भव नरहेको बताएका छन् । माओवादी केन्द्रको पार्टी प्रवेश कार्यक्रममा उनले, सुशासन कायम नगरी विकास सम्भव नरहेको तर्क गरेका हुन् ।
कमिशन खोर र उनीहरुको संरक्षणमा लागेकाहरुको निद हराम भएको उनको भनाई छ । उनलले भने ‘सुशासन कायम नगरी भ्रष्टाचार, कमिशन, तस्करी, कालाबजारी, ठगीलाई अन्त्य गरेर नयाँ वातावरण सिर्जना नगरि समृद्ध र विकासको प्रक्रिया तीव्र हुदैँन् । त्यसको लागि हामी सुशासनको बाटोमा अगाडि बढेका छौ । त्योदेखि सकेपछि जो भ्रष्टाचार, तस्करी, कमिशनखोरीमा संलग्न छन्, तीनका रक्षा गर्ने काममा संलग्न छन् तीनिहरु आतंकित बनेका छन् ।’
उनले सरकारविरुद्ध विभिन्न खाले आक्रमण भइहरेको जिकिर गरे । उनले भने ‘सरकारलाई एउटापछि अर्को आक्रमण गर्ने र यसको व्यवहारिक नेतृत्वलाई असफल बनाउँन र त्यसमाथि आक्रमण गर्न खनिएका छन् । आफ्नो अभियान सफल पार्न सरकार प्रतिद्ध छ त्यसमा हामी हल्लिनेवाला छैनौ । किनभने हाम्रो पार्टीको औचित्यनै त्यती बेला पूरा हुन्छ, जब यो देशलाई विकसित र समृद्ध बनाउँछौ ।’
उनले सरकार नेपाली जनतालाई नयाँ जीवन दिने बाटोमा लागेको दाबी गरे । त्यसका लागि सुशासनको सवालमा कुनै सम्झौता नगर्ने उनको अठोट छ । ‘शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यन्न, आवास, बाटो सबैको आवश्यकताहरु पूरा गरेर जनतालाई नयाँ जीवन दिन्छौ । जतिसुकै आक्रमण गर्ने काम होस् हामी जनताको समर्थनमा हामी लाग्ने छौ । ’ उनले भने ‘प्रधानमन्त्रीको नेतृत्वको सरकार र मेरो गृहमन्त्रीको पदको निरन्तरता र भ्रष्टाचारी, कमिशनखारी, तस्करी, कालाबजारी र ठगीको निरन्तरता साथ साथै जान सक्दैन् । हाम्रो सरकारलाई निरन्तरता दिने हो भने हामीले यो अभियान अगाडि बढाउँनै पर्छ, सुशासन स्थापित गर्न पर्छ, यसमा सम्झौता हुने छैन् । ’
उनले अहिले आफूहरुले पाँच कार्यभार पूरा गर्न कटिवद्ध भएर लागेको बताए । ‘हाम्रो अगाडी पाँच वटा कार्यभारहरु छन्, एउटा नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगालिक अखण्डता, स्वाधिनता, स्वाभिमान र हितको रक्षा गर्नुछ । देशलाई बचाउँनु छ । राष्ट्रिय सुरक्षालाई बलियो बनाउँनु छ । र त्यसको लागि हाम्रो रािष्ट्रय एकतालाई बलियो बनाउँनु छ । ’ मन्त्री श्रेष्ठले भने ‘दोस्रो कुरा हामीले यति धेरै संघर्ष गरेर प्राप्त गरेको राजनीतिक परिवर्तनलाई रक्षा गर्नु छ । राजनीतिक परिवर्तन गरेर लोकतन्त्रको स्थापना गरेर जनताको पक्षमा केही गरेको अनुभूति गर्न पाएन भने यो परिवर्तनको औचित्य हुदैँन् ।’
त्यस्तै उनले लोकतन्त्रलाई माध्यम बनाएर सामाजिक आर्थिक रुपान्तरण गर्नु छ र देशलाई विकासको बाटोमा लानु अर्को कार्यभर भएको बताए । ‘आर्थिक क्रान्ति, सामाजिक रुपान्तरण गर्ने हाम्रो मुख्य काम हो । शान्तिप्रक्रियाको काम पूरा गर्नुपर्ने छ । संक्रमणकालिन न्यायको काम पूरा गर्ने हो, सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको काम पूरा गर्न बाँकी छ। त्यो भए मात्रै शान्तिप्रक्रिया पूरा हुन्छ त्यसको लागि हामी प्रतिवद्ध छौ । ’ उनले भने ।