nepal ahile circle final NEW

पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु, ११ घाइते

पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु, ११ घाइते

पाल्पा, २१ जेठ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छ्न् ।

मृतक दुई महिला र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरूको पहिचान खुलेको छैन ।

सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब जिप ढोरपाटन सडकमा दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

घाइते भएकाहरुलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्