nepal ahile circle final NEW

गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु

गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु

भक्तपुर, २० जेठ । भक्तपुरको सल्लाघारी हनुमन्ते पुल नजिकै गुडिरहेको गाडीबाट खसेर शनिबार एकजनाको मृत्यु भएको छ ।

राधेराधेबाट निकोसेरातर्फ जादै गरेको बा २१ च ५३०१ नं.को हात्ती गाडीमा पछाडि सवार हाल नामथर, वतन नखुलेको बर्ष अं. ४०/४५ की महिला गाडी गुडिरहेको अबस्थामा अचानक खसी मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनापछि गम्भीर घाईते भई उपचारको लागि डा. ईवामुरा अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनापछि सवारी चालक काभ्रे भुम्लु गाउँंपालिका ३ घर भई हाल ललितपुर ईमाडोल बस्ने बर्ष ३० को सूर्यबहादुर पहारीलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरू भएकाे छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्