nepal ahile circle final NEW

बाँकेमा बस र कार ठक्कर खाँदा कारमा सवार २ जनाको मृत्यु

बाँकेमा बस र कार ठक्कर खाँदा कारमा सवार २ जनाको मृत्यु

बाँके, १६ जेठ ।  बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै बसले कारलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।

आज धनगढीबाट पूर्व जाँदै गरेको मे १ ख ३३३५ नम्बरको बसले काठमाडौंबाट कोहलपुर आउँदै गरेको बा १३च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

दुर्घटनामा कार चालक गोरखाको आँपपिपलका सुवास अधिकारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ बस्ने डा. सञ्जु खाती खड्काको ज्यान गएको प्रहरीको भनाइ छ ।

प्रहरीले कारलाई ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्