nepal ahile circle final NEW

पराजयको वाबजुद बार्सिलोनालाई ला लिगा च्याम्पियनको उपाधी

पराजयको वाबजुद बार्सिलोनालाई ला लिगा च्याम्पियनको उपाधी

काठमाडौं, ७ जेठ । चार खेल अगावै ला लिगा च्याम्पियन बनेको बार्सिलोनाले उपाधी उचालेको छ ।

शनिबार राति घरेलु मैदानमा रियाल सोसिडाडसँग १–२ गोलको नतिजामा पराजित भए पनि अंक तालिकाको आधारमा बार्सिलोनाले उपाधी उचालेको हो ।

घरेलु मैदानमा शनिवार राती भएको खेलमा बासिलोना रियल सोसिडाडसँग २–१ ले पराजित भएपछि उसका समर्थकले एकलौटी बिजयको उल्लास भने मनाउन पाएनन । यद्धपी, उसले उपाधीमा बाजी मारेर आफनो जीतमा भने सेलिब्रेसन गरेको छ ।

खेल सुरु भएको ५ र्औं पाँचौं मिनेटमा मिकेल मेरिनोले गरेको गोलसँगै पाहुना टिम सोसिडाडले अग्रता लिन सुरु गरेको थियो । र, पहिलो हाफ १-० मा नै टुंगियो ।

घरेलु टिम बार्सिलोना माथि दबाब बढाएको सोसिडाडका लागि ७२ औं मिनेटमा अलेजेन्डर सोर्लोथले गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारे पछि बार्सिलोना थप दबाबमा पर्न गयो ।

तर, निर्धारित समयको अन्तिम मिनेटमा लेवान्डोस्कीले एक गोल फर्काए पछि बार्सिलोनाले गोलरहित पराजय भने भोग्नु परेन । अन्ततः खेल २–१ मा टुंगिदै बार्सिलानाले उपाधी जीतमा सेलिब्रेसन गर्ने राहात पायो ।

तर, बार्सिलोना ८५ अंक जोडेर ला लिगाको च्याम्पियन बन्न सफल हुन पुग्याे ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्