nepal ahile circle final NEW

ट्याक्टरमा ल्याउदै गरेको १८ लाख बराबरको कपडा बरामद

ट्याक्टरमा ल्याउदै गरेको १८ लाख बराबरको कपडा बरामद

बुटवल, ४ चैत । रुपन्देहीमा १८ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद भएको छ ।

मायादेवी गाउँपालिका– ७ बनगाईबाट १८ लाख ३६ हजार ६८० रुपैयाँको भन्सार छलेर ल्याएको सामान बरामद भएको हो ।

रुपेन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता श्यामु अर्यालका अनुसार मर्चवारी गाउँपालिका–४ का ओमप्रकाश यादवको ग १ त ४६२५ नम्बरको ट्याक्टर चेकजाँच गर्दा भारतबाट ल्याउँदै गरेको अवैध सामान बरामर गरिएको हो ।

प्रहरीका अनुसार महिलाले लगाउने लुगा देखी पुजाका लागि प्रयोग हुने लत्ताकपडाहरु बरामद भएका छन । बरामद गरिएको सामान थप कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्