nepal ahile circle final NEW

कोशी प्रदेशमा आम हड्तालको न्यून प्रभाव

बन्दको काठमाडौं उपत्यकामा सामान्य प्रभाव

विराटनगर, २८ फागुन । ‘कोशी’ प्रदेश नाम खारेज माग गर्दै ‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ले कोशी प्रदेशमा आज आह्वान गरेको आम हड्तालको न्यून प्रभाव परेको छ।

प्रदेशको राजधानी विराटनगरलगायत पूर्वका मुख्य सहर क्षेत्रका बजार, कलकारखाना, शैक्षिक संस्था खुलेका छन्।

विराटनगरबाट छुट्ने लामा दूरीका सवारीसाधन चलेका छैनन् भने छोटा दूरीका सवारी साधन निर्वाध रूपमा चलिरहेको कोशी प्रदेश प्रहरी कार्यालय ९विराटनगर० ले जनाएका छ।

कोशी प्रदेश नाम खारेजीको माग गदै पहिचानवादी संघरसंस्थाद्वारा गठित संघर्ष समितिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै शनिबार राति कोशी प्रदेशको प्रमुख सहरहरूमा राँके जुलुस निकालेको थियो।

यही फागुन १७ गते प्रदेशसभाको दुईतिहाइ मतले प्रदेशको नाम कोशी पारित गरेको हो। कोशी प्रदेश नामकरण भएको भन्दै विभिन्न जातीय संघरसंस्थाले सो नामप्रति असहमति जनाइरहेका छन्।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्