nepal ahile circle final NEW

स्थगित प्रदेश १ काे प्रदेश सभाकाे बैठक शुरू

स्थगित प्रदेश १ काे प्रदेश सभाकाे बैठक शुरू

विराटनगर, १७ फाल्गुन । प्रदेश १ सभाको स्थगित भएको प्रदेश सभाको बैठक शुरू भएको छ। संशोधन प्रस्ताव हाल्नकालागि स्थगित भएको २ घण्टा पछि बैठक शुरू भएको हो ।

निर्धारण गरिएको समयमा एकीकृत समाजवादीले संशोधन प्रस्ताव पेश गरेको हो । प्रदेश १ को नामाकरणको विषयमा नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले संसोधन हालेका छन्।

संशोधन प्रस्तावलाई प्रदेश सभाले अस्विकार गरेको छ। संशोधन प्रस्तावमा नेकपा एसले प्रदेशको नाम किराँत लिम्बुवान कोशी प्रस्तावमा संशोधन हालेको थियो।

राईले प्रदेशको नाम किरात लिम्बुवान सगरमाथा प्रस्ताव शुरूमा राखेका थिए । उनैले संशोधन हालेकोमा उनको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्