राष्ट्र बैंकको निर्देशन पछि बैंकका सेवा सुचारु नै रहने (प्रेस बिज्ञप्ति)

राष्ट्र बैंकको निर्देशन पछि बैंकका सेवा सुचारु नै रहने (प्रेस बिज्ञप्ति)

काठमाडौं, १ फागुन । पुष्पकमद दाहाल प्रचण्ड नेतृत्वको सरकारले अकास्मात १ फागुनलाई ‘जनयुद्ध दिबस’ मनाउने भन्दै सार्बजनिक बिदा दिए पनि बैंकहरुका अत्याबश्यक सेवा भने सुचारु हुने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एक सुचना जारी गरी मुलकभरका बैंकहरुलाइ अत्याबश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्रहीहरुको हितमा ध्यानमा राखी बिहान ११ बजे देखी अपरान्ह ३ बजेसम्म बैंक सञ्चालन गर्न निर्देशनसमेत दिएपछि सेवा अबरूद्द नहुने भएकाे हाे ।

‘नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत बैंकिङ सेवा प्रदान गर्न बिहान ११ बजे देखी अपरान्ह १ बजेसम्म बैंक तथा बित्तिय संस्थाका आवाश्यक बिभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने ब्यबस्था मिलाउन हुन यो सुचना जारी गरिएको छ,’ राष्ट्र बैंकले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

खबर पढेर कस्तो महसुस गर्नुभयो ?
खुसी
खुसी
0%
अचम्मित
अचम्मित
0%
उत्साहित
उत्साहित
0%
दु:खि
दु:खि
0%
आक्रोशित
आक्रोशित
0%
नेपाल अहिले

नेपाल अहिले

यो समाचार नेपाल अहिलेको टिमले प्रकाशित गरेको समाचार हो ।

प्रतिक्रिया दिनुहोस्

guest
0 प्रतिक्रियाहरु
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्