महोत्तरी, २७ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले गुट उपगुटले धरासायी बनेको कांग्रेस अब बलियो हुँदै गएको बताएका छन् ।
महोत्तरीमा गुट उपगुटले कमजोर बनेको कांग्रेस बलियो हुँदै गएको बताएका प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले कांग्रेसलाई बलियो बनाउने विषयमा छलफल भइरहेको पनि जानकारी दिए ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको समयदेखि कांग्रेस कमजोर भए पनि पुरानै लयमा फर्किने अवस्था ल्याइपुर्याएको उनको भनाइ छ ।
स्थानीय तहको निर्वाचनमा बागी बनेर निर्वाचित भएका बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीको समूहको कारबाही फुकुवा गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
खबर पढेर कस्तो महसुस गर्नुभयो ?
खुसी
खुसी
0%
अचम्मित
अचम्मित
0%
उत्साहित
उत्साहित
0%
दु:खि
दु:खि
0%
आक्रोशित
आक्रोशित
0%