nepal ahile circle final NEW

पिटले हटाए किमको नामका ट्याटु

पिटले हटाए किमको नामका ट्याटु

लसएञ्जल्स, १२ माघ । हलिउड स्टार किम कार्दशियन प्रायः कुनै न कुनै कुराका कारण चर्चामा आइरहन्छिन् । आफ्नो बोल्ड तस्वीरका कारण इन्टरनेटमा छाइरहने किम प्रेमजीवनका कारण पनि चर्चामा आउँछिन् ।

कहिले पूर्व पति कान्ये वेस्टका साथ झगडाका कारण त कहिले कमेडियन र अभिनेता पीट डेविडसनसँग आफ्नो सम्बन्धलाई लिएर किमको प्रेमजीवन चर्चामा आइरहन्छन् । यद्यपि कान्येसँग अलग्गिएपछि किमको सम्बन्ध पीटसँग केवल नौ महिनामात्र चलेको थियो ।

तर पीट र किमको सम्बन्ध एकपटक पुनः चर्चामा आएको छ । चर्चामा आउने कारण हो कमेडियनको ट्याटु । पीटले अधुरो प्रेमको सबै निशानलाई हटाएका छन् ।

पीटले किमसँग सम्बन्धमा रहँदा आफ्नो शरीरमा उनको नामका ट्याटु बनाएका थिए । तर अहिले उनले किमसँग नाम जोडिएका सबै ट्याटु हटाएका छन् । किमसँग सम्बन्धमा रहँदा पीटले किम र उनका सन्तानको नामको ट्याटु बनाएका थिए ।

किमको बच्चाको पहिलो अक्षरलाई पीटले गर्धनमा ट्याटु बनाएका थिए । तर हालै सार्वजनिक पीटको तस्वीरमा त्यो ट्याटु देखिएको छैन । यो जोडी अलग्गिएको पाँच महिनामात्र भएको छ ।

पीटले शरीरमा किम र उनको सन्तानसँग जोडिएको ट्याटु हटाउनुको कारण पीटको चेस सुई वन्डर्ससँगको सम्बन्धलाई कारक मानिएको छ । हालका दिनमा पीट र चेसको सम्बन्धको चर्चा हलिउडमा छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्