nepal ahile circle final NEW

कर्णालीका सभामुखद्वारा पार्टी सदस्यता परित्याग

कर्णालीका सभामुखद्वारा पार्टी सदस्यता परित्याग

कर्णाली, ११ माघ । कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले पार्टी सदस्यता परित्याग गरेका छन् । सत्ता गठबन्धन दल नेकपा एमालेबाट गुरुङ यही माघ १ गते सभामुखमा निर्वाचित भएका थिए । उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।

जारी विज्ञप्तिमार्फत सभामुख गुरुङले भनेका छन्, “सभामुख पदका हिसाबले साझा भूमिकामा रहनुपर्ने भएकाले संवैधानिक प्रावधानप्रति प्रतिबद्ध हुँदै म आबद्ध रहेको दल नेकपा एमालेको सम्पूर्ण जिम्मेवारी र आबद्धताबाट अलग भएको घोषणा गर्दछु ।”

सभामुख पदको जिम्मेवारी बहन गर्दा स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरेका छन् । सभामुख गुरुङ नेकपा एमाले सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । हाल उनी वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेत निवासी हुन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्