nepal ahile circle final NEW

अर्काको नाममा ट्रायल दिने र दिन लगाउने व्यक्ति पक्राउ

अर्काको नाममा ट्रायल दिने र दिन लगाउने व्यक्ति पक्राउ

निशानविराटनगर, १० माघ । मोरङ सुन्दरहरैचा नगरपालिका–५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने र ट्रायल दिन लगाउने दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सुनसरी भोग्राहा गाउँपालिका–७ बस्ने ३३ वर्षीय षडानन्द महतो र २५ वर्षीय रामचन्द्र यादव रहेका प्रहरीले जनाएको छ।

षडानन्द महतोको नाममा यादवले मोटरसाइकलको ट्रायल दिने क्रममा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले फेला पारी उनीहरुलाई प्र.१–०२–०४५ प ९४३ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्