nepal ahile circle final NEW

डाक्टरले मृत घोषणा गरेको शिशुले हात हल्लाएपछि….

डाक्टरले मृत घोषणा गरेको शिशुले हात हल्लाएपछि….

काठमाडौँ, ४ माघ । विराटनगरको कोशी अस्पतालमा उपचार गर्न ल्याएका बच्चालाई डाक्टरले मृत घोषणा गरेपछि विवाद भएको छ ।

अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. आकाश यादवले बिरामी भएर उपचार गर्न ल्याएका नवजात शिशुलाई मृत घोषणा गरिदिएपछि विवाद भएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि कोशी ल्याएको १८ दिनको जीवित नवजात शिशुलाई डाक्टर यादवले मृत घोषणा गरेपछि विवाद भएको छ ।

मोरङको जहदा गाउँपालिका–३ भात्तिगन्जकी उमा मुखियाले कोशी अस्पतालमा पुस १७ गते छोरीलाई जन्म दिएकी थिइन् । नवजात शिशुको तौल १ किलो ४०० ग्राम थियो । केही दिनपछि बच्चासहित उनी माइतमा बस्दै आएकी थिइन् । उनका पति दिलीप मुखिया एम्बुलेन्स चालक हुन् । दिलिप विराटनगरमै एम्बुलेन्स चलाउँछन् ।

‘डाक्टरले भनेको सुनेपछि श्रीमती उमा र आफन्तहरूको आकस्मिक कक्ष बाहिर रुवाबासी गरिरहेका थिए,’ उनले भने, ‘तर बच्चा बाहिर लिएर निस्किँदा बच्चाको शरीर चल्यो ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्