nepal ahile circle final NEW

भैरव नृत्य अवलोकनका लागि मेयर बालेन शाह पोखरामा

भैरव नृत्य अवलोकनका लागि मेयर बालेन शाह पोखरामा

पोखरा, ३० पुष । पोखराको नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा आयोजित भैरव नृत्य अवलोकनका लागि काठमाण्डौ महानगरका मेयर बालेन शाह पोखरा आइपुगेका छन् ।

पोखरा महानगरपालिकाको आयोजनामा आज अपराह्न ४ बजेदेखि राति ८ बजेसम्म हुने भैरव नृत्य कार्यक्रममा सहभागी हुन काठमाडौँका मेयर बालेन शाहसहित आइपुगेको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए ।

भैरव नाच अवलोकनका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री , मन्त्री, नेवारी समुदायको बाहुल्यता रहेका पालिकाका प्रमुखलाई आमन्त्रण गरिएकोमा काठमाडौँसँगै, हेटौडा , पाल्पा लगायतका प्रमुख पोखरा आइसकेको र अन्य स्थानबाट आउने क्रम जारी रहेको मेयर आचार्यले बताए ।

‘सामाजिक एकताको प्रतिकका रूपमा रहेका स्थानीय संस्कृतिको संरक्षण, विकास र प्रवर्द्धनका लागि हामीले ऐतिहासिक सांस्कृतिक भैरव नाच प्रस्तुत गर्न लागेका हौँ ‘, मेयर आचार्यले भने, ‘ यसका लागि हामीले उपत्यका ३ जना मेयरहरू र नेवार बस्ती बढी रहेको पालिकाबाट प्रतिनिधित्व गर्ने प्रमुख ज्यूहरूलाई आमन्त्रण गरेका छौँ, काठमाडौं, धरान र पाल्पाबाट आइसक्नुभएको छ अरू आउने क्रममै हुनुहुन्छ ।’

भक्तपुरबाट सुरु गरिएको यो नाच पोखराको मौलिक नाचको रूपमा रहेको छ । वि.स २०२९ साल अगाडी प्रत्येक १२ वर्षको अन्तरालमा र त्यसपछि ६–६ वर्षको अन्तरालमा प्रदर्शन गरिँदै आएको भैरव नृत्यको सुन्दर पक्ष नृत्यमा जातभातको कुनै भेदभाव नहुनु हो ।

आजभन्दा २५० वर्ष अगाडी सुरु भएको बाह्र भैरव नाच रात परेपछि भैरव जाग्छ भन्ने धार्मिक विश्वास सहित धूमधामका साथ मनाउने गरिन्छ। भय र दण्डका देवताको रूपमा हिन्दु र बौद्ध संस्कृतिमा श्री भैरवको पूजा गरिँदै आएको छ।

नेवारी संस्कृतिमा भैरव नृत्यको पुरानो परम्परा छ। यो नाच नाचेपछि अनिष्ट नहुने, शान्ति छाउने, भय हरण हुने र दुःख कष्ट निवारण हुने जनविश्वास रहेको मेयर आचार्यले बताए।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्