nepal ahile circle final NEW

गृहमन्त्री लामिछानेले माइतीघर पुगेर भेटे कुर्मीको न्यायका लागि धर्नारत पीडितलाई

गृहमन्त्री लामिछानेले माइतीघर पुगेर भेटे कुर्मीको न्यायका लागि धर्नारत पीडितलाई

काठमाडाैँ, ३० पुष । नेपालगन्जकी निर्मला कुर्मीको अपहरण र बेपत्ता बनाइएपछि न्यायका लागि माइतीघर मण्डलामा धर्नारत अधिकारकर्मीहरूलाई गृहमन्त्री रवि लामिछानेले शनिवार भेट गरेका छन् ।

भेटका क्रममा गृहमन्त्रीले धर्नामा रहेका अधिकारकर्मी र आफन्तहरूलाई न्याय पाउनेमा ढुक्क हुन आग्रह गरे ।

यस विषयमा गृहमन्त्री हुनुभन्दा अघि पनि आवाज उठाएको र अब पनि निरिन्तर लागिरहेको उनले बताए ।

निर्माला कुर्मीको अपहरण र बेपत्ता बनाउने घटनामा राजनीतिकर्मीकै सम्लग्नाता रहेको आरोप छ । लामिछानेले जाेसुकैकाे सम्लग्नता भए पनि दाेषीलाई कारवाही गरेरै छाड्ने बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्