nepal ahile circle final NEW

बालकले आफ्नै शिक्षिकामाथि गोली चलाएपछि…

बालकले आफ्नै शिक्षिकामाथि गोली चलाएपछि…

न्युयोर्क, ३० पुस । भर्जिनिया स्कुलमा गत साता आफ्नो शिक्षकलाई गोली हानेको कथित रूपमा बच्चासँग हतियार हुन सक्ने भनेर गोली चलाउनु अघि त्यहाँका एक कर्मचारीलाई सचेत गरिएको बताइएको छ । गत साता ६ वर्षीय बालकले आफ्नै शिक्षकलाई विद्यालयमा गोली हानेका थिए ।

सचेतपछि बालकको झोला खोजियो तर कुनै हतियार फेला परेन, रिचनेक इलिमेन्टरी स्कूलका सुपरिटेन्डेन्ट जर्ज पार्करले अभिभावकलाई बताए।

प्राथमिक कक्षाकी शिक्षिका अबिगेल ज्वेर्नरलाई बालकले “जानाजानी“ गोली हानेको प्रहरीले बताएको थियो । शिक्षिकालाई गम्भीर चोट लागेको थियो ।

उनले आमाको बन्दुक प्रयोग गरेको प्रहरीले जनाएको छ । सो गोलीकाण्डले न्यूपोर्ट न्यूज सहरलाई त्राहिमान बनाएको छ ।
बालकले हतियार लुकाएका थिए वा किन अधिकारीहरूले झोलामा फेला पारेनन् भन्ने विद्यालय प्रमुख पार्करले स्पष्ट पारेका छैनन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्