nepal ahile circle final NEW

एन्फाको आकस्मिक कार्यसमिति बैठक : पेलको निधनमा शोक प्रस्ताव पारित

एन्फाको आकस्मिक कार्यसमिति बैठक : पेलको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं, २९ पुस । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महान् ब्राजिलियन फुटबल खेलाडी पेलेको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

शुक्रबार बसेको एन्फाको आकस्मिक कार्यसमिति बैठकले पेलेको निधनमा शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको हो।

यस्तै, बैठकले शहीद स्मारक एक डिभिजन लिग फागुन १९ र बी डिभिजन लिग चैत १५ गतेबाट सुरू गर्ने निर्णय गर्दै ए डिभिजन लिग आयोजनका लागि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ्गको संयोजकत्वमा सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरू र सदस्यहरू सदस्य रहनेगरी लिग सञ्चलाक समिति गठन गरेको छ।

त्यसैगरी, बैठकले ए डिभिजन लिगको भीआईपी प्यारापिटतर्फको टिकट मूल्य ३ सय रूपैयाँ र साधारण प्यारापिटतर्फको मूल्य १ सय रूपैयाँ कायम गर्दै बी डिभिजनको लिगको टिकट मूल्य १ सय रूपैयाँ तोकेको छ।

टिकेटिङ्ग अधिकारको लागि न्यूनतम १ करोड ५० लाख र शीर्षक प्रायोजक बाहेकका कमर्सियल र मार्केटिङ्ग अधिकारको लागि न्यूनतम १ करोड ५० लाख तोकेर टेन्डर आह्वान पनि एन्फाले गर्ने भएको छ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्