विराटनगर, २५ पुस । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई संविधानको धारा, १६८ को उपधारा २ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
यसैगरी, संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम प्रदेश प्रमुखले कार्यविभाजनपछि हुने गरी प्रदेशसभा सदस्य तिलकुमार मेन्याङबो (लिम्बू), भक्तिप्रसाद सिटौला र निर्मला लिम्बूलाई मन्त्री पदकका लागि पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
खबर पढेर कस्तो महसुस गर्नुभयो ?
खुसी
खुसी
0%
अचम्मित
अचम्मित
0%
उत्साहित
उत्साहित
0%
दु:खि
दु:खि
0%
आक्रोशित
आक्रोशित
0%