• Login
Nepal Ahile
Advertisement
  • होमपेज
  • समाचार
  • विजनेश
    • अर्थ व्यापार
  • खेलकुद
  • व्यक्ति / शैली
    • विचार
    • अन्तवार्ता
    • जीवनशैली
    • राशिफल
  • प्रदेश अहिले
    • प्रदेश १ अहिले
    • मधेश अहिले
    • बागमती अहिले
    • गण्डकी अहिले
    • लुम्बिनी अहिले
    • कर्णाली अहिले
    • सुदूरपश्चिम अहिले
  • मल्टिमिडिया
    • मनोरञ्जन खबर
    • फोटो सञ्चार
    • भिडिओ
  • विश्व
    • अन्तर्राष्ट्रिय
    • प्रवास
नेपाल पहिले
English
Tv
केहि भेटिएन
सबै हेर्नुहोस्
Nepal Ahile
  • होमपेज
  • समाचार
  • विजनेश
    • अर्थ व्यापार
  • खेलकुद
  • व्यक्ति / शैली
    • विचार
    • अन्तवार्ता
    • जीवनशैली
    • राशिफल
  • प्रदेश अहिले
    • प्रदेश १ अहिले
    • मधेश अहिले
    • बागमती अहिले
    • गण्डकी अहिले
    • लुम्बिनी अहिले
    • कर्णाली अहिले
    • सुदूरपश्चिम अहिले
  • मल्टिमिडिया
    • मनोरञ्जन खबर
    • फोटो सञ्चार
    • भिडिओ
  • विश्व
    • अन्तर्राष्ट्रिय
    • प्रवास
नेपाल पहिले
English
Tv
केहि भेटिएन
सबै हेर्नुहोस्
Nepal Ahile
केहि भेटिएन
सबै हेर्नुहोस्

२५० वर्षको इतिहास बोकेको पोखराको भैरव नाच

नेपाल अहिले-नेपाल अहिले
मंसिर १२, २०७९
439
SHARES
२५० वर्षको इतिहास बोकेको पोखराको भैरव नाच

तस्बिर : सामाजिक संजाल

गण्डकी, १२ मंसिर ।   पर्यटकीय नगरी पोखराका प्राचीन संस्कृतिमध्येको एक हो यहाँको भैरव नृत्य । पछिल्लो समयमा प्रत्येक छ/छ वर्षमा गरिँदै आएको यो नृत्य अहिले पोखरामा प्रदर्शनको तयारी गरिएको छ ।

यो नृत्य मङ्सिर १५ सुरु हुने र चैत मसान्तसम्म सञ्चालन हुने भैरव सांस्कृतिक संरक्षण समिति पोखराका अध्यक्ष तीर्थमान प्रधानाङले जानकारी दिनुभयो । भय र दण्डका देवताका रुपमा हिन्दू र बौद्ध संस्कृतिमा प्राचीनकालदेखि भैरवको पूजाआजा हुँदै आएको पाइन्छ ।

तन्त्रोक्त विधिबाट पूजा गरिने भैरवका विभिन्न रूप छन् । भैरवको पूजाबाट सबै किसिमका भयसँगै दुःख कष्ट निवारण हुने जनविश्वास रहेको अध्यक्ष प्रधानाङले बताउनुभयो । नेवारी संस्कृतिमा भैरव नृत्यको प्राचीन परम्परा छ । यसलाई गण नृत्य (गँ प्याखँ) भैरव नृत्य (भैल प्याखँ)आदि नाममा काठमाडौँ उपत्यकामा विभिन्न भागमा प्रदर्शन गरिँदै आएको उहाँको भनाइ छ ।

पोखरामा पनि भैरव नृत्यको साढे दुई शताब्दीभन्दा पुरानो इतिहास रहेको बताउँदै उहाँले भन्नुभयो, “पोखरामा यो नृत्य २५० वर्षभन्दा अघिदेखि यहाँको नेवार समुदायको तत्वावधानमा सुरु भएको हो । यो नृत्य प्रत्येक १२ वर्षको अन्तरालमा गरिँदै आइएकोमा २०२९ सालदेखि प्रत्येक छ वर्षको अन्तरालमा गरिँदै आइएको छ ।”

यसमा भैरव, काली, इन्द्रायणी, बराह, कुमारी, विष्णुवी, गङगाजु, गणेश, दागिनी, भूच्या र कबाङ गरी १२ पात्रको मुखुण्डो लगाएर नाचिने भैरव सांस्कृतिक संरक्षण समिति पोखराका सल्लाहकार एवं संस्कृतिविद् तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो नृत्य शास्त्रीय भजनमा आधारित हुन्छ । राग कौशिक, राग छयाँनट, राग मालवा, राग सारङ्गा, राग तोडी, राग मालश्रीलगायतका राग तथा खरजति ताल, चोक ताल, एक ताल, दोमा तालमा आधारित नेवारी भाषाका भजन गायनमा आधारित भएर नर्तकहरू नृत्य गर्ने गर्दछन् ।

मृदङ्गा (खिं) झ्याली, ताः, धाः, सहनाई, (मुहाली) को बादनका माध्यमबाट सङ्गीत सिर्जना गरिने यस नृत्यमा सामान्यतः १२ नर्तक ३० गायक १० वाद्यवादक, १२ नर्तक सेवक, १२ जगेडा कलाकार, १० स्वयंसेवक तथा अन्य व्यवस्थापन पक्षका सहभागी २० जना गरी एक सय छ जनाको सहभागिता रहने अध्यक्ष प्रधानाङ्गले जानकारी दिनुभयो । ठूलो सङ्ख्यामा कलाकार चाहिने यो नृत्य एक पटकमा सञ्चालन गर्न लगभग ८० हजार रुपैयाको लागत लाग्ने गुरु कृष्णदेव प्रधानाङ्गले जानकारी दिनुभयो ।

शास्त्रीय सङ्गीतमा आधारित यस नृत्यलाई परम्परागत नृत्य नाटिकाका रुपमा पनि लिने गरिन्छ । यस नृत्यका भजनमा भक्तपुरका राजा रणजित मल्लको नाम उल्लेख भएकाले यसको उद्गम रणजीत मल्लकालीन भक्तपुर भएको अनुमान गर्न सकिन्छ ।

पोखराको पुरानो यस सांस्कृतिक सम्पदाप्रति सबै समुदायका पोखरेलीको निरन्तर सहयोग र सद्भाव प्राप्त रहेको संस्कृतिविद् श्रेष्ठले बताउनुभयो । नेपाल सरकारले यस नृत्यको सम्मानार्थ २०५७ सालमा यस नृत्य अङ्कित हुलाक टिकट प्रकाशन गरेको थियो ।

पोखराको वरिष्ठ संस्कृतिकर्मी स्व सर्वज्ञमान प्रधानाङ्ग भैरव सांस्कृतिक संरक्षण समितिको अध्यक्षसँगै लामो समयसम्म यस नृत्यको गुरुको भूमिका निर्वाह गर्नुभएको थियो भने स्व कृष्णबहादुर वैद्य पनि गुरु भएर नेतृत्वदायी भूमिका निभाउनुभएको थियो । हाल यस नृत्यका गुरु कृष्णदेव प्रधानाङ्ग र उपगुरु मेघबहणदुर ताम्राकार हुनुहुन्छ ।

नृत्यमा उपयोग गरिने मुखुण्डोलाई तन्त्रोक्त विधिबाट साक्षात शक्तिको जागरण गराईने हुनाने यसलाई तन्त्रमा आधारित मान्ने गरिन्छ । यसमा सहभागी हुने नृत्य कलाकारमा नृत्य शक्ति सञ्चार हुने समितिका कोषाध्यक्ष महेन्द्र बजिमयले जानकारी दिनुभयो । नृत्य सुरु गर्नुपूर्व कलाकारलाई नाटेश्वरको टीका लगाउने प्रचलन रहेको उहाँले बताउनुभयो ।

मुखुणेमा शक्ति जगाउने काममा यस अघि धर्मराज गुभाजु, पुण्यराज गुभाजु कान्तिराज भाजू, विविध मङ्गल गुभाजु हुँदै यसअघिको २०७२ को नृत्यमा डा सिध्दिवीर कमाचार्य रहनुभएको थियो । यसवर्ष मुखुण्डो सिद्धीमा ललितपुरका श्री हीरारत्न गुभाजु संलग्न हुनुभएको छ ।

यो नृत्य प्रदर्शन गर्न करिब दुई महिना लामो नृत्य, वाद्यवादन र गायन प्रशिक्षण हुने गर्दछ । यसवर्ष प्रशिक्षणमा करिब तीन सय ५० भन्दाबढी कलाकार सहभागी भएका भएको र बाद्यवादनमा २० जना र गायनमा २० जना सहभागी भएको अध्यक्ष प्रधानाङ्ले जानकारी दिनुभयो ।

नृत्य अत्यन्त खर्चिलो भए पनि आवश्यक पर्ने वस्त्राभूषण विभिन्न दाता महानुभावबाट प्राप्त भएको सचिव सुरेन्द्रमान विजुक्क्षेले जानकारी दिनुभयो । यही मङ्सिर १५ गतेदेखि प्रदर्शन गर्ने तयारी भएको यस नृत्यको पहिलो दिनमा नाटेश्वरको सम्मानस्वरुप भीमसेन मन्दिर भीमसेनटोलमा प्रदर्शन गरिने योजना छ । यो नृत्य १६ गते गणेश मन्दिर गणेशटोल, १७ गते सरस्वती मन्दिर तेर्सापट्टी, १८ गते विन्ध्यवासिनी मन्दिर, १९ गते गणशमन्दिर भैरवटोल, २२ गते गुरु कृष्णदेव प्रधानाङको निवास्थान भैरवटोल प्रदर्शन गरिने जनाइएको छ ।

नृत्यलाई विभिन्न व्यक्ति तथा संस्थाले आमन्त्रण गर्ने प्रचलन रहेको र माग अनुसार विभिन्न स्थानमा प्रदर्शन गर्ने तयारी गरिएको अध्यक्ष प्रधानाङले जानकारी दिनुभयो । नृत्य आमन्त्रण गर्न व्यक्तिगत र संस्थागत क्रमशः ३५ हजार र ५० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

तपाइको प्रतिक्रिया

सम्बन्धितखबर

कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

माघ १४, २०७९
गाँजा मुद्धाका फरार लावती झापा कारागार चलान

प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

माघ १४, २०७९
रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

माघ १४, २०७९
यस वर्षको एसइइ परीक्षा चैत १७ गतेदेखि हुने, दुई दिन ग्याप

यस वर्षको एसइइ परीक्षा चैत १७ गतेदेखि हुने, दुई दिन ग्याप

माघ १४, २०७९

सिफारिस

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

माघ १४, २०७९
रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

रविको सांसद पद गएसँगै चितवन–२ मा उपनिर्वाचन हुने

माघ १४, २०७९
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

टरिगाउँ एयरपोर्टमा सीता एयरको परीक्षण उडान

माघ १४, २०७९
सिके राउतको प्रश्न- पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्न केले रोक्यो ?

रविप्रति सिके राउतको प्रतिक्रिया- उहाँ मेरो आशाको केन्द्र हुनुहुन्थ्यो

माघ १३, २०७९
रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

रविले दिए पदबाट राजीनामा

माघ १३, २०७९
रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

माघ १३, २०७९

साताको ट्रेन्डिङ

पाल्पामा टिपर दुर्घटना हुँदा स्याङ्जाका न्यौपानेको मृत्यु

पाल्पामा टिपर दुर्घटना हुँदा स्याङ्जाका न्यौपानेको मृत्यु

माघ १२, २०७९
गाँजा मुद्धाका फरार लावती झापा कारागार चलान

भक्तपुरमा एटीएम फोड्न खोज्ने एक जना पक्राउ

माघ १३, २०७९
तस्बिरमा उहिलेको पोखरा

तस्बिरमा उहिलेको पोखरा

माघ ७, २०७९
पोखरा आउदै गरेको बसको ठक्करबाट एकको मृत्यु

पोखरा आउदै गरेको बसको ठक्करबाट एकको मृत्यु

माघ १३, २०७९
डोटीका किसान सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै

स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहिएपछि…..

माघ १२, २०७९
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

माघ १२, २०७९

ताजा खबर

कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

माघ १४, २०७९
गाँजा मुद्धाका फरार लावती झापा कारागार चलान

प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

माघ १४, २०७९
रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

माघ १४, २०७९
यस वर्षको एसइइ परीक्षा चैत १७ गतेदेखि हुने, दुई दिन ग्याप

यस वर्षको एसइइ परीक्षा चैत १७ गतेदेखि हुने, दुई दिन ग्याप

माघ १४, २०७९
रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

रविको सांसद पद गएसँगै चितवन–२ मा उपनिर्वाचन हुने

माघ १४, २०७९
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

टरिगाउँ एयरपोर्टमा सीता एयरको परीक्षण उडान

माघ १४, २०७९

विवरण

सूचना तथा प्रसारण विभाग दर्ता : ३२६८
प्रेस काउन्सिल दर्ता : ३२६४
सम्पादक: गणेश बराल (ढाकामोहन)

सम्पर्क

नेपाल अहिले मिडिया प्रा.लि.
अनामनगर, काठमाण्डौ 
इमेल: nepalahile@gmail.com
सम्पर्क : ०१-५७०५६०७
विज्ञापनको लागि सम्पर्क ९८५११२८३५५

नेपाल अहिले

नेपाल अहिले डटकम नेपाल अहिले प्रा.लि.बाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले देश विदेशका ताजा घटना, जानकारी तथा बिचारलाई समाचारको रुपमा फोटो, अडियो भिडियोका आदिका माध्यमबाट सम्प्रेषण गर्नेछ । अंग्रेजी भाषाको समाचारका लागि नेपाल लेटेस्ट डटकम सञ्चालनमा रहेको छ ।

  • Contact Us

© 2022NepalAhile .

  • होमपेज
  • समाचार
  • विजनेश
    • अर्थ व्यापार
  • खेलकुद
  • व्यक्ति / शैली
    • विचार
    • अन्तवार्ता
    • जीवनशैली
    • राशिफल
  • प्रदेश अहिले
    • प्रदेश १ अहिले
    • मधेश अहिले
    • बागमती अहिले
    • गण्डकी अहिले
    • लुम्बिनी अहिले
    • कर्णाली अहिले
    • सुदूरपश्चिम अहिले
  • मल्टिमिडिया
    • मनोरञ्जन खबर
    • फोटो सञ्चार
    • भिडिओ
  • विश्व
    • अन्तर्राष्ट्रिय
    • प्रवास
केहि भेटिएन
सबै हेर्नुहोस्

© 2022NepalAhile .

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist