• Login
Nepal Ahile
Advertisement
  • होमपेज
  • समाचार
  • विजनेश
    • अर्थ व्यापार
  • खेलकुद
  • व्यक्ति / शैली
    • विचार
    • अन्तवार्ता
    • जीवनशैली
    • राशिफल
  • प्रदेश अहिले
    • प्रदेश १ अहिले
    • मधेश अहिले
    • बागमती अहिले
    • गण्डकी अहिले
    • लुम्बिनी अहिले
    • कर्णाली अहिले
    • सुदूरपश्चिम अहिले
  • मल्टिमिडिया
    • मनोरञ्जन खबर
    • फोटो सञ्चार
    • भिडिओ
  • विश्व
    • अन्तर्राष्ट्रिय
    • प्रवास
नेपाल पहिले
English
Tv
केहि भेटिएन
सबै हेर्नुहोस्
Nepal Ahile
  • होमपेज
  • समाचार
  • विजनेश
    • अर्थ व्यापार
  • खेलकुद
  • व्यक्ति / शैली
    • विचार
    • अन्तवार्ता
    • जीवनशैली
    • राशिफल
  • प्रदेश अहिले
    • प्रदेश १ अहिले
    • मधेश अहिले
    • बागमती अहिले
    • गण्डकी अहिले
    • लुम्बिनी अहिले
    • कर्णाली अहिले
    • सुदूरपश्चिम अहिले
  • मल्टिमिडिया
    • मनोरञ्जन खबर
    • फोटो सञ्चार
    • भिडिओ
  • विश्व
    • अन्तर्राष्ट्रिय
    • प्रवास
नेपाल पहिले
English
Tv
केहि भेटिएन
सबै हेर्नुहोस्
Nepal Ahile
केहि भेटिएन
सबै हेर्नुहोस्

निर्वाचन जित्न गठबन्धन र तालमेल: संसदीय यात्रामा स्वतन्त्र उम्मेदवारको निरन्तरता

नेपाल अहिले-नेपाल अहिले
मंसिर १०, २०७९
302
SHARES
निर्वाचन जित्न गठबन्धन र तालमेल: संसदीय यात्रामा स्वतन्त्र उम्मेदवारको निरन्तरता

नारायण न्यौपाने/अशोक घिमिरे, १० मंसिर ।   मुलुकका प्रमुख राजनीतिक शक्ति निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन गठबन्धन गरे तापनि केही निर्वाचन क्षेत्रमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार विजयी हुन सफल भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको जारी मतगणनामा हालसम्म प्रतिनिधिसभामा पाँच र प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभातर्फ मोरङ ५ मा योगेन्द्र मण्डल, सर्लाही ४ मा अमरेशकुमार सिंह, रौतहट २ मा किरणकुमार साह, रौतहट ३ मा प्रभु साह र बर्दिया २ मा लालवीर चौधरी निर्वाचित हुनुभएको छ । प्रदेशसभातर्फ मधेस प्रदेशमा सबैभन्दा बढी छ स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ । लुम्बिनीमा तीन, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक÷एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

मधेसको सप्तरी २ मा अनिरुद्रकुमार सिंह, महोत्तरी २ मा सुरिताकुमारी साह, सर्लाही १ मा जवाहरलाल कुशवाहा, रौतहट १ मा केशव राय, बारा १ मा शारदा शङ्करप्रसाद कलवार र पर्सा १ मा प्रमोदकुमार जयसवाल निर्वाचित हुनुभएको छ । गण्डकीको मनाङ २ मा राजिव गुरुङ, लुम्बिनीको रुकुमपूर्व १ मा सुरल पुन, रोल्पा २ मा दीपेन्द्रकुमार पुन मगर, नवलपरासी (बर्दघाट सुस्तापश्चिम) १ मा खड्ग बस्नेत, कर्णालीको जुम्ला १ मा देवेन्द्रबहादुर शाही तथा सुदूरपश्चिमको डडेलधुरा २ मा ताराप्रसाद जोशी निर्वाचित हुनुभएको छ ।

विसं २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभामा एक तथा प्रदेशसभामा तीन वटा प्रदेशमा एक÷एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । प्रदेश नं १, मधेस र गण्डकीमा एक÷एक जना स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका थिए ।

लोकतान्त्रिक मुलुकमा राजनीतिक दल नै निर्णायक शक्ति भए पनि मुलुकको निर्वाचनको इतिहासमा स्वतन्त्र उम्मेदवारको उपस्थित पनि निरन्तर रहेको देखिएको छ । मुलुकमा प्रजातन्त्रको पुनःबहालीपछि आमनिर्वाचन २०४८ देखि हालसम्मका निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारको उपस्थिति रहँदै आएको देखिएको छ । विसं २०४८ को आवधिक निर्वाचनमा २१९ स्वतन्त्रसहित २० राजनीतिक दलका एक हजार तीन सय ४५ उम्मेदवार प्रतिस्पर्धामा थिए । उक्त निर्वाचनमा तीन स्वतन्त्रसहित दुई सय पाँच जना विजयी भएका थिए ।

सो निर्वाचनमा नेपाली कांग्रेस एक सय १०, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ६९, संयुक्त जनमोर्चा नौ, नेपाल सद्भावना पार्टी छ, राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) तीन, नेपाल मजदुर किसान पार्टी दुई, नेपाल कम्युनिस्ट पार्टी (प्रजातान्त्रिक) दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) एक र तीन स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन आयोगको अभिलेखमा देखिन्छ ।

विसं २०५१ को मध्यावधि निर्वाचनमा २४ राजनीतिक दलका तर्फबाट एक हजार ५७ र स्वतन्त्र तीन सय ८५ उम्मेदवार थिए । तीमध्ये राजनीतिक दलका तर्पmबाट एक सय ९८ र स्वतन्त्र सात जना निर्वाचित भएका थिए ।

उक्त निर्वाचनमा एमाले ८८, कांग्रेस ८३, राष्ट्रिय प्रजातन्त्र पार्टी २०, नेपाल मजदुर किसान पार्टी चार, नेपाल सद्भावना पार्टी तीन र सात स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका थिए ।

विसं २०५६ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४० राजनीतिक दलका तर्फबाट एक हजार छ सय पाँच र स्वतन्त्र छ सय ३३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । उक्त निर्वाचनमा भने कुनै पनि स्वतन्त्र उम्मेदवार विजयी भएनन् । २०५ सदस्यीय प्रतिनिधिसभाका सबै सदस्य राजनीतिक दलका तर्पmबाट निर्वाचित भएका थिए ।

उक्त निर्वाचनमा कांग्रेस एक सय ११, एमाले ७१, राप्रपा ११, नेपाल सद्भावना पार्टी पाँच, राष्ट्रिय जनमोर्चा पाँच, संयुक्त जनमोर्चा एक, र नेपाल मजदुर किसान पार्टीले एक स्थान जितेको थियो ।

विसं २०६४ को संविधानसभा सदस्य निर्वाचनका लागि ७४ राजनीतिक दल दर्ता भएका थिए । तीमध्ये प्रत्यक्षतर्फ ५४ दलका तीन हजार एक सय ३० उम्मेदवारले भाग लिएका थिए । सो निर्वाचनमा प्रत्यक्षतर्फ नेकपा (माओवादी) १२०, कांग्रेस ३७, एमाले ३३, मधेसी जनअधिकार फोरम नेपाल ३०, तराई मधेस लोकतान्त्रिक पार्टी नौ, सदभावना पार्टी चार, जनमोर्चा नेपाल दुई, नेपाल मजदुर किसान पार्टी दुई, राष्ट्रिय जनमोर्चा एक र स्वतन्त्र उम्मेदवार दुई स्थानमा विजयी भएका थिए ।

विसं २०७० को दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ कांग्रेस एक सय पाँच, एमाले ९१, एकीकृत नेकपा (माओवादी) २६, राष्ट्रिय प्रजातन्त्र पार्टी तीन, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) चार, मधेसी जनअधिकार फोरम नेपाल दुई, तराई–मधेस लोकतान्त्रिक पार्टी चार, सद्भावना पार्टी एक, नेपाल मजदुर किसान पार्टी एक, तराई–मधेस सद्भावना पार्टी नेपाल एक र स्वतन्त्र उम्मेदवार दुई स्थानमा विजयी भएका थिए ।

विसं २०७४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ नौ राजनीतिक दल र एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । सो निर्वाचनमा प्रत्यक्षतर्फ एमाले ८०, कांग्रेस २३, माओवादी केन्द्र ३६, राजपा नेपाल ११, सङ्घीय समाजवादी फोरम नेपाल १०, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र नयाँ शक्ति पार्टी एक÷एक तथा एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन् ।

तपाइको प्रतिक्रिया

सम्बन्धितखबर

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

माघ १४, २०७९
यस वर्षको एसइइ परीक्षा चैत १७ गतेदेखि हुने, दुई दिन ग्याप

यस वर्षको एसइइ परीक्षा चैत १७ गतेदेखि हुने, दुई दिन ग्याप

माघ १४, २०७९
रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

रविको सांसद पद गएसँगै चितवन–२ मा उपनिर्वाचन हुने

माघ १४, २०७९
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

टरिगाउँ एयरपोर्टमा सीता एयरको परीक्षण उडान

माघ १४, २०७९

सिफारिस

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

माघ १४, २०७९
रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

रविको सांसद पद गएसँगै चितवन–२ मा उपनिर्वाचन हुने

माघ १४, २०७९
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

टरिगाउँ एयरपोर्टमा सीता एयरको परीक्षण उडान

माघ १४, २०७९
सिके राउतको प्रश्न- पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्न केले रोक्यो ?

रविप्रति सिके राउतको प्रतिक्रिया- उहाँ मेरो आशाको केन्द्र हुनुहुन्थ्यो

माघ १३, २०७९
रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

रविले दिए पदबाट राजीनामा

माघ १३, २०७९
रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

माघ १३, २०७९

साताको ट्रेन्डिङ

पाल्पामा टिपर दुर्घटना हुँदा स्याङ्जाका न्यौपानेको मृत्यु

पाल्पामा टिपर दुर्घटना हुँदा स्याङ्जाका न्यौपानेको मृत्यु

माघ १२, २०७९
गाँजा मुद्धाका फरार लावती झापा कारागार चलान

भक्तपुरमा एटीएम फोड्न खोज्ने एक जना पक्राउ

माघ १३, २०७९
तस्बिरमा उहिलेको पोखरा

तस्बिरमा उहिलेको पोखरा

माघ ७, २०७९
पोखरा आउदै गरेको बसको ठक्करबाट एकको मृत्यु

पोखरा आउदै गरेको बसको ठक्करबाट एकको मृत्यु

माघ १३, २०७९
डोटीका किसान सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै

स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहिएपछि…..

माघ १२, २०७९
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

माघ १२, २०७९

ताजा खबर

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

माघ १४, २०७९
यस वर्षको एसइइ परीक्षा चैत १७ गतेदेखि हुने, दुई दिन ग्याप

यस वर्षको एसइइ परीक्षा चैत १७ गतेदेखि हुने, दुई दिन ग्याप

माघ १४, २०७९
रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

रविको सांसद पद गएसँगै चितवन–२ मा उपनिर्वाचन हुने

माघ १४, २०७९
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

टरिगाउँ एयरपोर्टमा सीता एयरको परीक्षण उडान

माघ १४, २०७९
आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन

आत्मदाह गरेका आचार्यकी श्रीमतीद्वारा प्रहरीमा जाहेरी

माघ १३, २०७९
पोखरा आउदै गरेको बसको ठक्करबाट एकको मृत्यु

पोखरा आउदै गरेको बसको ठक्करबाट एकको मृत्यु

माघ १३, २०७९

विवरण

सूचना तथा प्रसारण विभाग दर्ता : ३२६८
प्रेस काउन्सिल दर्ता : ३२६४
सम्पादक: गणेश बराल (ढाकामोहन)

सम्पर्क

नेपाल अहिले मिडिया प्रा.लि.
अनामनगर, काठमाण्डौ 
इमेल: nepalahile@gmail.com
सम्पर्क : ०१-५७०५६०७
विज्ञापनको लागि सम्पर्क ९८५११२८३५५

नेपाल अहिले

नेपाल अहिले डटकम नेपाल अहिले प्रा.लि.बाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले देश विदेशका ताजा घटना, जानकारी तथा बिचारलाई समाचारको रुपमा फोटो, अडियो भिडियोका आदिका माध्यमबाट सम्प्रेषण गर्नेछ । अंग्रेजी भाषाको समाचारका लागि नेपाल लेटेस्ट डटकम सञ्चालनमा रहेको छ ।

  • Contact Us

© 2022NepalAhile .

  • होमपेज
  • समाचार
  • विजनेश
    • अर्थ व्यापार
  • खेलकुद
  • व्यक्ति / शैली
    • विचार
    • अन्तवार्ता
    • जीवनशैली
    • राशिफल
  • प्रदेश अहिले
    • प्रदेश १ अहिले
    • मधेश अहिले
    • बागमती अहिले
    • गण्डकी अहिले
    • लुम्बिनी अहिले
    • कर्णाली अहिले
    • सुदूरपश्चिम अहिले
  • मल्टिमिडिया
    • मनोरञ्जन खबर
    • फोटो सञ्चार
    • भिडिओ
  • विश्व
    • अन्तर्राष्ट्रिय
    • प्रवास
केहि भेटिएन
सबै हेर्नुहोस्

© 2022NepalAhile .

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist