कास्की १ मा एमालेका गुरुङ विजयी

पोखरा, ०९ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार मनबहादुर गुरुङ विजयी हुनुभएको छ ।

आज बिहान सम्पन्न मतगणनामा गुरुङले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार छ सय ०९  मतले पछि पार्दै  प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

गुरुङले २५ हजार सात सय ९८ मत मत प्राप्त गर्दा  बरालले २३ हजार एक हजार ८९ मत  ल्याउनुभयो । गुरुङ गण्डकीका निवर्तमान  सांसद समेत हुनुहुन्छ ।

क्षेत्र नम्बर १ को (१) मा नेकपा एमाले बाटै खगराज अधिकारी विजयी हुनुभयो।

अधिकारीले गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका नेकपा माओवादी केन्द्रका दिपक कोइरालालाई ३ हजार नौ सय ९६ मतले पछि पार्दै निर्वाचित हुनुभयो ।

अधिकारीले १५ हजार छ सय २३ मत प्राप्त गर्दा कोइरालाले ११ हजार छ सय २७ मत ल्याउनुभयो ।

खबर पढेर कस्तो महसुस गर्नुभयो ?
खुसी
खुसी
0%
अचम्मित
अचम्मित
0%
उत्साहित
उत्साहित
0%
दु:खि
दु:खि
0%
आक्रोशित
आक्रोशित
0%
नेपाल अहिले

नेपाल अहिले

यो समाचार नेपाल अहिलेको टिमले प्रकाशित गरेको समाचार हो ।

प्रतिक्रिया / सेयर

guest
0 प्रतिक्रियाहरु
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्