nepal ahile circle final NEW

कास्की ३ मा एमालेका दामोदर ‘बैरागी’ विजयी

कास्की ३ मा एमालेका दामोदर ‘बैरागी’ विजयी

पोखरा, ०९ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ विजयी हुनुभएको छ ।

आज बिहान सम्पन्न मतगणनामा बैरागीले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेकपा माओवादी  केन्द्रका रामजीप्रसाद बराल ‘जीवन’लाई पाँच  हजार चार सय ४५ मतले पछि पार्दै  प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

बैरागीले २२ हजार नौ सय ८० मत प्राप्त गर्दा बरालले १७ हजार पाँच सय ३५  मत ल्याउनुभयो । यस्तै  राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार एक सय ८० मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका जगत प्रसाद सुबेदीले  दुई हजार चार सय ४२ मत प्राप्त गर्नुभयो ।

निर्वाचनको मत परिणाम सार्वजनिक हुनासाथ निकटतम प्रतिद्वन्द्वी बरालले नव निर्वाचित प्रतिनिधिसभा सदस्य बैरागीलाई भेटेर बधाई तथा शुभकामना दिनुभएको छ । बराल गण्डकी प्रदेशका अर्थमन्त्री समेत हुनुहुन्छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्