nepal ahile circle final NEW

फराकिलो मतान्तरसहित कास्की २ मा एमालेकी भट्टराई विजयी

फराकिलो मतान्तरसहित कास्की २ मा एमालेकी भट्टराई विजयी

पोखरा, ०८ कार्तिक । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा  नेकपा (एमाले)की उम्मेदवार विद्या भट्टराई विजयी हुनुभएको छ ।

पोखरा सभागृहमा  आज बिहान सम्पन्न मतगणनामा भट्टराईले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कंडेललाई चार हजार पाँच सय तीन मतले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

भट्टराईले १६ हजार नौ  सय ९८  मत प्राप्त गर्दा कँडेलले १२ हजार चार सय ९५ मत ल्याउनुभयो  ।

यस्तै गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले नौ हजार छ सय ५९ र  राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्ण राज पन्तले  तीन हजार नौ सय ९३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस क्षेत्रमा ७९ हजार एक सय मतदाता रहेकामा ४९ हजार नौ सय २० मत खसेको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्