nepal ahile circle final NEW

म्याग्दीमा भएको घोडा दौडमा कास्कीका हितमान विजयी

म्याग्दीमा भएको घोडा दौडमा कास्कीका हितमान विजयी

नेपाल अहिले, १७ कार्तिक । म्याग्दीमा बिहीबार आयोजित घोडा दौड प्रतियोगितामा कास्कीको चुइलेका हितमान गुरुङ प्रथम भएका छन् । उनले ट्रफी, मेडल र प्रमाणपत्रसहित रु ५१ हजार प्राप्त गरे ।

अन्नपूर्ण गाउँपालिका ६ घोडेपानीमा सम्पन्न प्रतियोगितामा  घोडेपानीका याम पुन दृतीय भए । पुनले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद ३१ हजार प्राप्त गरे ।

प्रतियोगितामा कास्की कै छोम्रोङका सुमित गुरुङ तृतीय भए । उनलाई ट्रफी मेडल र प्रमाणपत्रसहित २१ हजार नगद प्रदान गरियो।

घोडेपानीका घोडा व्यवसायी र टोल सुधार समितिले आमा समूह, पर्यटन व्यवस्थापन समितिलगायत स्थानीय सङ्घ संस्थाको सहकार्यमा प्रतियोगिता आयोजना  गरेका हुन् ।

अन्नपूर्ण गाउँपालिका-६ मा पर्ने घोडेपानी अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य हो। घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न घोडा दौड प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष विरेन गर्बुजा पुनले जानकारी दिए।

घोडेपानीको छिमेकी कास्कीको घान्द्रुकमा घोडेजात्रा पर्वका अवसरमा घोडा दौड प्रतियोगिता आयोजना हुँदै आएको छ। दुई ठाउँमा सँगसँगै पर्ने भएकाले घोडेपानीमा यसपालिदेखि शरद याममा गर्न लागिएको  गर्बुजाले बताए।

घोडेपानीदेखि अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने घोप्टेखर्कसम्म सात किलोमिटर पाँच सय मिटरको दूरीमा घोडा दौडा भएको हो ।

यसअघि बैशाख महिनामा घोडा दौड प्रतियोगिता हुने गरेको थियो।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्