nepal ahile circle final NEW

आज कार्तिकृष्णपक्ष त्रयोदशी तिथि : तपाइको आज कस्तो रहनेछ?

आज कार्तिकृष्णपक्ष त्रयोदशी तिथि : तपाइको आज कस्तो रहनेछ?

आजको पात्रो : ६ कार्तिक, २०७९, आइतबार । तद्नुसार अक्टुबर महिनाको २३ तारिक २०२२ । कार्तिकृष्णपक्ष त्रयोदशी तिथि । आजबाट सनातनीहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन हो । आज कागतिहार हो । सूचनाको संवाहक कागलाई पूजा गरेर दिन हो । आजको दिन बिहान हरेक घरमा कागलाई खान दिने चलन रहेको छ ।

आज बिहान सूर्योदय ६ः०९ मा र सूर्यास्त ५ः२९ मा हुनेछ । उत्तरफाल्गुनी नक्षत्र, इन्द्र योग, चन्द्रमा कन्या राशिमा रहेको छ । आजदेखि घरमा दीपावली गर्ने, लक्ष्मीपूजाका लागि तयारी गर्ने काम गर्नु पर्दछ । उज्यालोको पर्व भएको हुनाले तिहारमा सरसफाइ र लक्ष्मी प्रसन्न गराउनका लागि हरेक साँझ दीपावली गराउने गरिन्छ ।

आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
आजको दिन व्यापार व्यवसायबाट लाभ हुनेछ । परिवार र मित्रमण्डमलीबाट साथ सहयोग पाउनुहुनेछ । मेष राशिका जातका लागि आजको दिन सूर्यनारायणका दर्शन निकै फलदायी हुनेछ । विहानको उदाउदो सूर्यको दर्शन र देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर उर्जा र कार्यसििद्ध हुने छ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आजको दिन अनुकुल छ । चन्द्रमाको साथ छ । मनमा मानसिक चिन्ता, अनसन्तुष्टी हटेर जानेछ । यात्राका लागि अवसर आउनसक्छ । धार्मिक क्षेत्रको यात्रा गर्नु वेश हुनेछ । तपाईले सोचअनुसारको कार्य सफलता मिल्नेछ । आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ । तपाईको बोली र बाणीमा निकै प्रभाव पर्ने देखिन्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
परिवार र आफन्तजनमा आर्थिक विवाद हुनसक्छ । मिथुन राशिका जातकले आजको दिन मौन रहनु वेश हुनेछ । परिवारमा अनावश्यक विवाद हुन खोज्दा विवाद बढ्नसक्छ । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण तपाईले सोचअनुसार काम नहुँदा हुने चिन्ताको बीचमा सकारात्मक सोचको आवश्यकता रहेको छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आफन्त र मित्रजनबाट साथ सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा विवाद हुनसक्छ । स्त्रीबाट प्राप्त हुने सहयोगले तपाईको काममा सफलता मिल्नसक्छ । आजको दिन होसियारीपूर्वक कार्य गर्नुहोला । । आफूले गरिरहेको व्यापार व्यवसाय र कामबाट हानी हुनसक्छ । धैर्यपूर्वक सोच विचार गरेर मात्र काम गर्नुभयो भने संकट हटाउन सक्नुहुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आज मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यल पनि साथ दिने भएकाले तपाईले सोचअनुसारका काम हुँदा हुने खुसीले मनमा विजय प्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । तपाईको गरेको कामको प्रशसा हुनेछ । आफूलाई धैर्यवान राख्नका लागि उपाय गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
आज आइतबार अर्थ लाभ हुनसक्छ । यात्राका लागि अवसर प्राप्त हुनेछ । आजको दिन शुरु गरेको यात्राले तपाईलाई नयाँ योजना बनाउनका लागि सहयोग गर्नेछ । रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । अध्ययन अनुसन्धानको काममा लाग्नु भएको छ भने सफलता मिल्नेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
तपाईको चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन कसैसँग पनि विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप लगाउन सक्छन भने तपाईलाई हानी हुनसक्ने संभावना पनि रहन्छ । सन्तान र आफन्तजनबाट प्राप्त हुने सहयोगले तपाईलाई सफलता मिल्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
व्यवसायबाट सोचेभन्दा बढी धन लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहरुले समेत तपाईको कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । आर्थिक कारोबार गर्दा भने अलिकति विचार गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
तपाईलाई साथ सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सहयोग हुनुक्छ । नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । रचनात्मक काम र कलाकारितामा कार्य गर्ने मीन राशिका जातकका लागि खुसीयाली छाउने छ । विगतदेखि गर्दै आएको जे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा तपाईलाई लाभ हुनेछ । त्यसैले आजको दिन आफ्नो आम्दानीअनुसार दान दिनुभयो भने गरिवलाई केही खानेकुरा दिनुभयो भने मनमा आनन्द मिल्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
बिहान पहिले सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम वित्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । अर्थलाभ, मित्रहरुको साथ सहयोग र सोचअनुसार काम हुनेछ । आजको दिन कसैसँग विवाद हुने काम र कुरा नगर्नु नैं तपाईको लागि उत्तम हुनेछ । सामाजिक काम र सकारात्मक सोच राख्नु पर्ने दिन हो आज ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
पराक्रम गर्ने दिन हो । व्यापार व्यवसायबाट धनलाभ हुनेछ । आफन्त र मित्रजनको साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापनमा नयाँ सफलता प्राप्त हुनेछ । लेखक, अध्यापकको लागि नयाँ बाटो खुल्नेछ । तपाईको समय निकै उत्तम रहेको छ । सोचअनुसारको काम अघि बढ्ने छ । साँझको समयका देवालयको यात्रा हुनसक्छ । यो यात्रा पनि फलदायी हुनेछ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्