nepal ahile circle final NEW

रोजगारीको लागि पोर्चुगल पुगेका ३७ वर्षीय युवाको मृत्यु

रोजगारीको लागि पोर्चुगल पुगेका ३७ वर्षीय युवाको मृत्यु

पोर्चुगल, २३ असोज । पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपाली युवाको निधन भएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका– १, शंकरनगरका ३७ वर्षीय कपिल सिन्धौलीको मृत्यु भएको हो ।

सिन्धौलीको बिहीबार पेगोईसस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा हृदयघातका कारण निधन  भएको हो ।

सँगै सुतेका साथीले बिहान काममा जाने बेलामा उठाउन जाँदा नउठेपछि आफूलाई खबर आएको र तत्काल दाजुको कोठामा पूग्दा दाजु मृत अवस्थामा भेटिएको मृतकका भाइ सुरज सिन्धौलीले बताउनुभयो । मृतक सिन्धौली पेगोईसस्थित एक कृषि कम्पनीमा कार्यरत हुनुहुन्थ्यो ।

सिन्धौलीको वृद्ध बुबाआमा, श्रीमती, एक छोरा र एक छोरी नेपालमा हुनुहुन्छ । उहाँको शव बराईरो अस्पतालको शव गृहमा राखिएको छ । परिवारको आग्रहमा सिन्धौलीको शव नेपाल पठाउने तयारी भइरहेको र सो प्रक्रियाका लागि आर्थिक सङ्कलन सुरु गरिएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रवीन अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्