nepal ahile circle final NEW

नाबालिग बलात्कार आरोपित सन्दीप २० असोजमा नेपाल आइपुग्ने

नाबालिग बलात्कार आरोपित सन्दीप २० असोजमा नेपाल आइपुग्ने

काठमाडौं, १५ असोज ।  नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले ६ अक्टोबर (२० असोज) मा नेपाल फर्कने बताएका छन् ।

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्व कप्तान सन्दीपले अक्टोबर ६ मा नेपाल आउने समाजिक सन्जालमार्फत बताएका हुन ।

गत भदौको पहिलो साता एक नाबालिगलाई सिनामङ्गलको होटलमा बलात्कार गरेको सन्दीपमाथि आरोप छ । यससंगै जिल्ला अदालतले सन्दीपलाई पक्राउ पूर्जी गरेको छ । संगै क्यानले कप्तानबाट निलम्बन गरेको थियो ।

क्यारेबियन प्रिमियर लिग खेल्न जमैका रहेका सन्दीप नेपालमा पक्राउ पुर्जी जारी भएसँगै त्यहाँबाट हिँडेका थिए ।

त्यसपछि सन्दीप क्यान र नेपाल प्रहरी दुवैको सम्पर्क थिएनन् । यद्यपि, शनिबार बिहान सामाजिक सञ्जालमा नेपाल आउने बताएका हुन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्