४ वर्षीय बालकको रड प्रहार गरी हत्या

४ वर्षीय बालकको रड प्रहार गरी हत्या

जनकपुरधाम, १२ असोज । धनुषामा फलामको रड प्रहारबाट चार वर्षीय बालकको ज्यान गएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा बुधबार दिउँसो ३ बजे २८ वर्षका रवि पासवानले रडले हिर्काउँदा उनका चार वर्षीय भतिज अनुप पासवानको मृत्यु भएको हो ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार रड प्रहारबाट बालक गम्भीर घाइते भएका थिए । स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

प्रहरीले रविलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका हिरासतमा राखेको छ ।

खबर पढेर कस्तो महसुस गर्नुभयो ?
खुसी
खुसी
0%
अचम्मित
अचम्मित
0%
उत्साहित
उत्साहित
0%
दु:खि
दु:खि
0%
आक्रोशित
आक्रोशित
0%
नेपाल अहिले

नेपाल अहिले

यो समाचार नेपाल अहिलेको टिमले प्रकाशित गरेको समाचार हो ।

प्रतिक्रिया दिनुहोस्

guest
0 प्रतिक्रियाहरु
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्