nepal ahile circle final NEW

कास्कीमा निर्वाचित वडा सदस्यसहित ४ जना चोरी आरोपमा पक्राउ

कास्कीमा निर्वाचित वडा सदस्यसहित ४ जना चोरी आरोपमा पक्राउ

पोखरा, ९ असोज । कास्की प्रहरीले खानेपानीको पाइप चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

मादी गाउँपालिका-७ काउरे डाँडास्थित सडक छेउमा रहेको थाक खोलाको खानेपानी संस्थानका पाइपहरू चोरीमा संलग्न भएको आरोपमा कास्की प्रहरीले एक वडा सदस्यसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मादी गाउँपालिका -७ थाकका ३५ वर्षीय रमेश गुरुङ, २६ वर्षीय नीरज तामाङ, थाक घर भई हाल पोखरा -१० बस्ने ३४ वर्षीय खरजंग गुरुङ र लमजुङ मध्य नेपाल -८ घर भई हाल पोखरा-१३ कसेरी बस्ने वर्ष २३ को रिदम भन्ने सुनिल परियार रहेको कास्की प्रहरीले जनाएको छ ।

खरजंग गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा मादी गाउँपालिका वडा नम्बर १ बाट* निर्वाचित वडा सदस्य हुन् ।

असोज ०५ गते बिहान पौने १ बजेको समयमा चोरीका पाइप ग १ त ५१३७ नम्बरको ट्याक्टरमा लोड गरी मादी गाउँपालिका -५ तर्फ ल्याउँदै गर्दा फेला पारेपछि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूमाथि चोरी तथा डाँका मुद्दामा जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

*सम्पादन गरिएको 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्