nepal ahile circle final NEW

पोखराको सेती खोचमा खसेका व्यक्तिको ४ घण्टापछि सकुशल उद्धार

पोखराको सेती खोचमा खसेका व्यक्तिको ४ घण्टापछि सकुशल उद्धार

पोखरा, ०९ असोज । पोखरा महानगरपालिका – १७ स्थित सेतीनदी खोचमा खसेका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ ।

शनिबार साँझ तल्लो रातो पैह्रास्थित नदीको खोचमा खसेका  स्थानीय ५९ बर्षीय मात्रृका भण्डारीलाई सशस्त्र प्रहरीको उद्धारटोलीले ४ घण्टा लगाएर उद्धार गरेको हो ।

घरको फोहोर खोचमा फाल्ने क्रममा  भण्डारी साँझ ७ बजे चिप्लिएर करिव ५० मिटर तल पुगेर अड्किएका थिए । खोचमा खसेपछि केहीबेर बेहोस भएका भण्डारीले होसमा आएपछि साथमा भएको मोबाइलबाट घरपरिवारलाई सम्पर्क गरेका थिए ।

त्यस लगत्तै घटनास्थलमा पुगेको सशस्त्र प्रहरीको उद्धारटोलीले भण्डारीलाई उद्धार गरी उपचारको लागि मेट्रो सिटी हस्पिटलमा पठाएको प्रहरीले जनाएको छ ।

स्थानीय बिष्णु पौडेलका अनुसार उक्त क्षेत्रमा महानगरपालिकाको फोहोर उठाउने गाडी नपुगेपछि स्थानीयले बाध्य भएर नदीको खोचमा फोहोर फाल्दै आएका छन्  ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्