nepal ahile circle final NEW

निर्वाचन आचारसंहिता लागू गर्ने तयारीमा आयोग

निर्वाचन आचारसंहिता लागू गर्ने तयारीमा आयोग

काठमाडौं, ९ असोज । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी गरेको छ ।

गत भदौमै आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकामा अब आयोगले निर्णय गर्ने वितिक्कै लागू हुनेछ । त्यसअघि आयोगले आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्दैछ ।

संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल तय भएको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताउनुभयो ।

छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई निमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्