nepal ahile circle final NEW

यात्रुवाहक बस दुर्घटना हुँदा ७ को मृत्यु, १७ जना घाइते

यात्रुवाहक बस दुर्घटना हुँदा ७ को मृत्यु, १७ जना घाइते

काठमाडौं, ६ असोज । मकवानपुरको भीमफेदीमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको हो । एक जनाको भने उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको उक्त बस भीमफेदीस्थित १२ घुम्तीको ओरालोमा अनियन्त्रित भएर सडकबाट तल खस्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनामा १७ जना घाइते भएको पनि प्रहरीले उल्लेख गरेको छ ।

मृतकको पहिचान खुल्न बाँकी रहेको र घाइतेहरुको हेटौँडामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बसका चालक फरार रहेको र उनको खोजी भइरहेको पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्