कपन आगलागीमा मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौं, ५ असोज । कपनको एक घरमा आज साँझ पौने ७ बजेतिर भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ  । आगलागीमा परी केहि व्यक्ति  घाइते भएको र उनिहरुलाई उपचारको लागी टिचिङ अस्पताल महाराजगन्ज लगिएको प्रहरीले जनाएको छ ।

मृतकको हालसम्म पहिचान खुलेको छैन। प्रहरीका अनुसार  आगलागीमा परेर  कति व्यक्ति घाइते भएका छन् भन्ने समेत  यकिन भइसकेको छैन।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा दमकलको सहायताले घरको  पहिलो , दोस्रो र तेस्रो तलामा फैलिएको आगो नियन्त्रणमा लिइएको छ   ।

आगलागी नियन्त्रणमा आइसके पनि क्षतिको पूर्ण विवरण संकलन गरिसकिएको छैन । आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरको दमकल प्रयोग गरिरहेको प्रहरीले जनाएको छ।

खबर पढेर कस्तो महसुस गर्नुभयो ?
खुसी
खुसी
0%
अचम्मित
अचम्मित
0%
उत्साहित
उत्साहित
0%
दु:खि
दु:खि
0%
आक्रोशित
आक्रोशित
0%
नेपाल अहिले

नेपाल अहिले

यो समाचार नेपाल अहिलेको टिमले प्रकाशित गरेको समाचार हो ।

प्रतिक्रिया / सेयर

guest
0 प्रतिक्रियाहरु
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्