बृहत् नागरिक आन्दोलनद्वारा राष्ट्रपतिको राजीनामा माग

बृहत् नागरिक आन्दोलनद्वारा राष्ट्रपतिको राजीनामा माग

काठमाडौं, ५ असोज । बृहत् नागरिक आन्दोलनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको सर्वोच्चता कायम राख्न नसकेको आरोप लगाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिनुपर्ने बृहत् नागरिक आन्दोलनको ठहर छ ।

नभए उनलाई पदमुक्त गर्न महाभियोग लगाउनुपर्ने माग गरिएको छ । ‘राजाको सिको गर्न र कथित संवैधानिक राजतन्त्रको झल्को आउने गरी जनताको मतद्वारा निर्वाचित सार्वभौम संस्थाले गरेका निर्णय उल्ट्याउन गणतान्त्रिक व्यवस्थाले राष्ट्रपतिको गरिमामय पद सिर्जना गरेको होइन,’ नागरिक आन्दोलनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संवैधानिक संस्कारलाई बलियो बनाउने, संविधानको रक्षा गर्ने र सम्मानसहित दिइएको पदको गरिमा जोगाउने मुख्य दायित्व राष्ट्रपतिको भएको बताइएको छ । ‘संविधान र व्यवस्थाको मर्मविपरीत राष्ट्रपतिले संवैधानिक सीमा नाघेको यो पहिलोपटक होइन । कुत्सित उद्देश्यसहित बारम्बार संविधान एवम् लोकतान्त्रिक व्यवस्थाको मूल्यमान्यता धूलिसात बनाउने भण्डारी राष्ट्र प्रमुख जस्तो गरिमायुक्त पदमा बसिराख्नु सो पदको ओज घटाउनु हो,’ विज्ञप्तिमा लेखिएको छ ।

खबर पढेर कस्तो महसुस गर्नुभयो ?
खुसी
खुसी
0%
अचम्मित
अचम्मित
0%
उत्साहित
उत्साहित
0%
दु:खि
दु:खि
0%
आक्रोशित
आक्रोशित
0%
नेपाल अहिले

नेपाल अहिले

यो समाचार नेपाल अहिलेको टिमले प्रकाशित गरेको समाचार हो ।

प्रतिक्रिया दिनुहोस्

guest
0 प्रतिक्रियाहरु
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्