nepal ahile circle final NEW

जस्केलाबाट झिकेर राष्ट्रपति बनाउँदा जे हुनु पर्ने थ्यो, भयो – सिग्देल

जस्केलाबाट झिकेर राष्ट्रपति बनाउँदा जे हुनु पर्ने थ्यो, भयो – सिग्देल

पोखरा, ०५ असोज । पोखराका सामाजिक चिन्तक विश्व सिग्देलले दलका कार्यकर्तालाई देशको राष्ट्रपति बनाउँदा समस्या देखिँदै आएकोले यस्तो अवस्थाको अन्त्य गर्न व्यवस्था नै बदल्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणिकरण हुन नसकेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै सिग्देलले जस्केलाबाट झिकेर राष्ट्रपति बनाउँदा यस्तो अवस्था आएको उल्लेख गर्नुभएको हो ।

नेता बदलेर केही हुन्छ की भन्ने समय गएकाले अवस्था बदल्ने हो भने व्यवस्थै बदल्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभएको छ,’ राष्ट्रपतिले सही गरिन वा गलत ,संवैधानिक वा गैर संवैधानिक म त्यता जान्न । नेता बदलेर केही हुन्छ की भन्ने समय गयो ,तेश्रो पुस्ता सम्मका नेता अझ कम्ता छैनन् ।चौथो पुस्ता प्राइमरी स्कुलमा पढ्दै छ। अवस्था बदल्ने हो भने व्यवस्थै बदल्नु पर्छ ।’

उहाँले त्यस अघि देशको राष्ट्रपति राष्ट्रपिता र राष्ट्रमाता भएकाले दलको कार्यकर्ता र राजनीतिक दल भन्दा माथि उठेको ,प्राज्ञिक र पुरै देशले अपनत्व महसुस गर्न सक्ने व्यक्ति आम सहमतिमा चयन हुनुपर्ने उल्लेख गर्नुभएको छ । १५/२० प्रतिशत मत लिएर बहुमतको सरकार बनाउनेले गोजाबाट झिकेर राष्ट्रपती बनाउँदा त्यस्तो व्यक्तिबाट समग्र राष्ट्रको अपनत्व हुन् नसक्ने उहाँको भनाई छ ।

उहाँले व्यवस्था प्रति नै असन्तुष्टि जनाउँदै भन्नुभएको छ, ‘जस्केलाबाट झिकेर राष्ट्रपति बनाउँदा जे हुनु पर्ने थ्यो , भयो । चाहे रामबरण हुन या विद्या ,उप-मा पनि पुन हुन वा झा ,भएको यही हो । अब मंसिर ४ गते पनि यिनै धुन्धकारीहरु चुन्ने ,यिनैले राष्ट्रपती चुन्ने ,चार वर्ष फेरी रुने ?’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्