nepal ahile circle final NEW

अछाममा पहिरोले घर पुर्दा ९ जना बेपत्ता

अछाममा पहिरोले घर पुर्दा ९ जना बेपत्ता

अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ काँडाचौरमा शनिबार बिहान ४ बजे पहिरोले २ घर पुर्दा एकै परिवारका ९ जना बेपत्ता भएका छन् ।

पहिरोभित्र केही शव देखिएको स्थानीयले बताएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताए । ४ दिनदेखि निरन्तर आएको वर्षाले बाटो अवरुद्ध भएका कारण प्रहरी घटना स्थल पुग्न नसकेको डिएसपी डाँगीले बताए ।

यस्तै, जिल्लाको ढकारी गाउँपालिका वार्ड नं ६ सिमानेमा स्थानीय हर्क बहादुर बुढाको घर पहिरोले भत्किदा १ जनाको मृत्यु भएको छ भनने २ जना घाइते भएका छन् । अविरल वर्षाका कारण गएका पहिरोले ती स्थानमा सञ्चारसम्पर्कसमेत बिच्छेद भएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्