अम्मान I जोर्डनको राजधानी सहर अम्मानमा मंगलबार एउटा चार तले आवासीय भवन भत्किँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् । भत्किएको भवनमा केही मानिस फसेका छन् ।
एक विज्ञप्तिमा सुरक्षा प्रवक्ता आमेर अल–सर्तावीले पाँच जनाको मृत्यु भएको बताए । नागरिक रक्षा सेवाका प्रवक्ताले भत्किएको भवनमा अझै धेरै मानिस फसेको दाबी गरे । तर, कति मानिस फसेका छन् भन्ने केही खुलाइएको छैन् ।
प्रधानमन्त्री बिसेर अल–खासवनेहले भत्किएको भवनको निरीक्षण गरेका छन् । घटनाबारे अनुसन्धान गर्न प्रधानमन्त्रीले सहरका मेयरलाई निर्देशन दिएका प्राप्त विवरणहरूमा जनाइएको छ ।
खबर पढेर कस्तो महसुस गर्नुभयो ?
खुसी
खुसी
0%
अचम्मित
अचम्मित
0%
उत्साहित
उत्साहित
0%
दु:खि
दु:खि
0%
आक्रोशित
आक्रोशित
0%