nepal ahile circle final NEW

राजा घोषणा गर्ने समारोहमा चाल्स तृतीय ‘रिसाएको’ भिडियो भाइरल

चार्ल्स बने बेलायतका राजा

लन्डन I नयाँ राजालाई आधिकारिक रूपमा राजा घोषणा गर्ने समारोहमा शाही सहयोगीसँग ‘रिसाएको’ राजा चाल्स तृतीयको भिडियो इन्टरनेटमा भाइरल भएको छ ।

बिहीबार महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि, एक्सेन्सन काउन्सिलले शनिबार राजा चाल्सलाई आधिकारिक उत्तराधिकारी घोषणा गर्यो । यद्यपि, उत्तराधिकारी घोषणामा हस्ताक्षर गर्नुअघि राजाले कागजातहरूमा आफ्नो नाम लेख्नअघि डेस्क खाली गर्न सहयोगीलाई रिसाउँदै इसारा गरेका थिए ।

क्लिपमा राजा चाल्स सानो डेस्कमा पेन बक्स र मसी दुवै भएकोमा निराश देखिन्थे । उनले सहयोगीलाई डेस्क खाली गरेर सामानहरु पुनः व्यवस्थित गर्न इशारा गरेका थिए । कागजातहरू राखेपछि राजा चाल्सले फेरि एक सहयोगीलाई टेबुलबाट पेन बक्स हटाउन संकेत गरेका थिए । त्यसपछि उनले एतिहासिक दस्तावेजमा हस्ताक्षर गरेका थिए ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्